अमेरिकाले युरोपेली संघबाट आयात हुने सबै सामानहरुमा ५० प्रतिशत भन्सार कर लगाउने
प्रकाशित मिति : जेष्ठ ९, २०८२ शुक्रबार
अमेरिकाले युरोपेली संघबाट आयात हुने सबै सामानहरुमा ५० प्रतिशत भन्सार लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (ईयू) बाट आयात हुने सबै सामानहरूमा ५० प्रतिशत भन्सार (टारिफ) लगाउन सिफारिस गरेका हुन ।
ट्रम्पले भने अनुसार, यो नयाँ भन्सार दर २०२५ जुन १ देखि लागू हुनेछ। यो घोषणा ट्रम्पको ईयू सँगको व्यापार युद्धलाई थप चर्काउने संकेत हो। प्रारम्भमा उनले अधिकांश ईयू वस्तुहरूमा २० प्रतिशत भन्सार प्रस्ताव गरेका थिए ।
जुन पछि १० प्रतिशतमा घटाइएको थियो । राष्ट्रपतिले अमेरिकामा निर्माण नगरेका आइफोनहरूमा पनि कम्तीमा २५ प्रतिशत भन्सार लगाउने धम्की दिएका छन्।
‘मैले एप्पलका सीईओ टिम कुकलाई पहिले नै जानकारी गराएको छु कि अमेरिकामा बिक्री हुने आइफोनहरू अमेरिका भित्रै निर्माण र उत्पादन हुनु पर्छ, भारत वा अन्यत्र होइन,’ ट्रम्पले भने। ‘यदि यस्तो हुँदैन भने, एप्पलले कम्तीमा २५ प्रतिशत भन्सार तिर्नुपर्नेछ।’
ट्रम्पले फेरी राष्ट्रपति बनेपछि विभिन्न देशहरूमाथि विभिन्न भन्सार लगाउने वा धम्की दिने गरेका छन्। उनले यसलाई अमेरिकी उत्पादन र रोजगारीलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउने उपायको रूपमा दावी गरिरहेका छन ।
भन्सार भनेको आयातित सामानहरूमा लगाइने कर हो । जसको भार सम्बन्धित व्यवसायले बेहोर्नु पर्छ। अमेरिकामा लागू हुन सक्ने उच्च भन्सारको सम्भावनाले धेरै विश्व नेताहरूलाई चिन्तित बनाएको छ ।
किनभने यसले विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रमा सामान बेच्न झन् महँगो र कठिन बनाउँछ। शुक्रबार, ट्रम्पले ईयू ूअत्यन्त गाह्रो साझेदारू रहेको र यो संघ ूअमेरिकासँग व्यापारिक फाइदा लिनू बनाईएको दाबी गरे।
तर यदि कुनै उत्पादन अमेरिका भित्रै बनाइएको हो भने, उसमा कुनै भन्सार नलाग्ने ट्रम्पले स्पष्ट पारे। ट्रम्पले अमेरिकाको दीर्घकालीन व्यापार घाटा समाधान गर्न ईयू माथि भन्सार लगाएका हुन्।
अमेरिकी सरकारी तथ्यांक अनुसार, गत वर्ष अमेरिका बाट ईयू तर्फको निर्यात ३७०.२ बिलियन डलर थियो । ईयू बाट अमेरिका तर्फ आयात ६०५.८ बिलियन डलर पुगेको थियो।
ट्रम्पको एप्पललाई चेतावनी यस्तो बेला आएको हो, जब कम्पनीले चीन बाहेक भारत र भियतनाममा उत्पादन सर्ने घोषणा गरेको थियो।






