अमेरिकामा भएको विमान दुर्घटनामा संगीत एजेन्ट सहित तीन जनाको मृत्यु


प्रकाशित मिति : जेष्ठ ८, २०८२ बिहीबार

अमेरिकाको सान डिएगोको एक आवासीय क्षेत्रमा सानो निजी विमान दुर्घटनामा परेर प्रख्यात संगीत एजेन्ट डेभ शापिरो सहित तीन जनाको मृत्यु भएको पुष्टि भएको छ।

शापिरोले साउन्ड ट्यालेन्ट ग्रुप को सह स्थापना गरेका थिए । उनी चर्चित रक ब्यान्डहरूका प्रतिनिधि थिए।

पूर्व मेटल ब्यान्ड ‘द डेविल वेयर्स प्राडा’ का ड्रमर ड्यानियल विलियम्स पनि विमानमा सवार थिए भन्ने आशंका गरिएको छ। दुर्घटनाअघि उनले सामाजिक सञ्जालमा विमानबाट पोस्टहरू गरेका थिए।

दुर्घटना सान डिएगोको मर्फी क्यानन क्षेत्रमा बिहीबार बिहान भएको हो। विमान घरमाथि खस्दा एक घर पूर्णरूपमा नष्ट भएको छ । १० वटा अन्य घरहरू क्षतिग्रस्त भएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

८ जना घाइते भएका छन् , जसमध्ये एकजनालाई अस्पताल भर्ना गरिएको छ।

साउन्ड ट्यालेन्ट ग्रुपले सह संस्थापक, सहकर्मीहरू र साथीहरूको क्षतिमा पूर्णरूपमा शोकमा डुबेका छौं भनेको छ । कम्पनीले तीन कर्मचारीको मृत्यु भएको पुष्टि गरे पनि शापिरोबाहेक अन्यको नाम खुलाइएको छैन।

विमान बुधबार राति न्यू जर्सीबाट उडेको र कन्सासको विचिटामा इन्धन भरेको थियो। विमान सान डिएगो विमानस्थलतर्फ जाँदै गर्दा दुई वटा पावर लाइनमा ठोक्किएर दुर्घटना भएको हो।

राष्ट्रिय यातायात सुरक्षा बोर्ड का अनुसन्धानकर्ता इलियट सिम्पसनका अनुसार, पावर लाइनको टक्कर नै दुर्घटनाको कारण हो कि होइन भनेर अनुसन्धान भइरहेको छ ।

डेभ शापिरो अनुभवी पाइलट र प्रमाणित फ्लाइट प्रशिक्षक समेत थिए। उनले आफ्नो उड्डयन कम्पनी स्थापना गरेका थिए।

घटनाको बेला १०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो। स्थानीय बासिन्दा क्रिस्टोफर मूरले ठूलो विस्फोटको आवाज आएपछि धुवाँ देखेर बच्चाहरू लिएर भागेको बताए ।

विमान सान डिएगो सहरको केन्द्रभन्दा करिब १० किलोमिटर उत्तरमा रहेको मोंटगोमेरी फील्ड एयरपोर्टतर्फ गइरहेको बताइएको छ।

घटनाको अनुसन्धान जारी छ । दुर्घटनास्थलबाट विमानका टुक्रा र अन्य प्रमाण संकलन गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com