इजरायली दूतावासका कर्मचारीको हत्या गर्ने अमेरिकी अभियुक्तमाथि पहिलो दर्जाको हत्या अभियोग


प्रकाशित मिति : जेष्ठ ८, २०८२ बिहीबार

अमेरिकाको राजधानी वासिङ्टन डीसीको यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावासका कर्मचारीको हत्या गर्ने अभियुक्तमाथि पहिलो दर्जाको हत्या अभियोग लगाइएको छ ।

दुई जना इजरायली दूतावास कर्मचारीको गोली हानी हत्या गरेको आरोपमा एक अमेरिकी नागरिकमाथि पहिलो दर्जाको हत्या अभियोग लगाइएको छ । उनी विरुद्ध विदेशी अधिकारीको हत्या र हतियारसम्बन्धी अभियोगहरू पनि लगाइएको छ।

बुधबार रातिको उक्त आक्रमणलाई घृणा अपराधका रूपमा अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन । थप अभियोगहरू लाग्न सक्ने सम्भावना रहेको अमेरिकी अटर्नी जीनिन पिरोले पत्रकार सम्मेलनमा बताइन्।

‘यो मृत्युदण्ड लाग्न सक्ने प्रकृतिको मुद्दा हो,’ उनले भनिन् । तर अभियोजन पक्षले मृत्युदण्डको माग गर्ने कि नगर्ने भन्ने निर्णय अहिले भन्नु समयपूर्व हुनेछ उनले भनेकी छन।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एफबीआईका अधिकारी स्टिभ जेन्सनले यो आक्रमणलाई यहूदी समुदायविरुद्धको ‘आतंककारी र लक्षित हिंसा’ भनेका छन । प्रहरीले ३० वर्षीय इलियास रोड्रिगेजलाई घटनास्थलमै नियन्त्रणमा लिएको बताएको छ। उनी शिकागोका बासिन्दा हुन्।

प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमण हुनुअघि अभियुक्त संग्रहालय बाहिर घुमफिर गरिरहेको देखिएको थियो। सुरुमा उनलाई आक्रमणबाट सामान्य मानिस ठानी सहयोग गरिँदै संग्रहालयभित्र लगिएको थियो।

आरोपीले पक्राउ हुनुअघि “फ्री प्यालेस्टाइन” भन्ने नारासमेत लगाए। उनले घटनाअघि मात्र वासिङ्टन डीसीमा आएका थिए । सामाजिक सञ्जालका अनुसार उनले सन् २०२४ देखि अमेरिकन ओस्टिओप्याथिक इन्फर्मेशन एसोसिएसनमा प्रशासकीय सहायकको रूपमा काम गर्दै आएका थिए।

बिहीबार अदालतमा उपस्थित गराइएका रोड्रिगेजमाथि अभियोग दर्ता गरिएको र उनलाई थुनामा राख्ने आदेश दिइएको छ। उनको अर्को सुनुवाइ १८ जुनमा तय गरिएको छ।

इजरायलका अमेरिकी राजदूत येचिएल लाइटरले मृतक यारोन लिस्चिन्स्कीले निकट भविष्यमा सारा मिलग्रिमलाई यरुशलममा विवाह प्रस्ताव गर्ने योजना बनाएका बताएका छन्। ‘उनीहरू एक सुन्दर जोडी थिए,’ लाइटरले भने।

सन् २०१७ मा आफ्नो विद्यालयमा नाजी स्वास्तिकाको चित्र कोरिएपछि उनले यहूदीविरुद्धको घृणाबारे स्थानीय टिभीलाई अन्तर्वार्ता दिएकी थिइन्।

प्रहरीका अनुसार पक्राउ परेका रोड्रिगेजको पहिले कुनै आपराधिक रेकर्ड थिएन। उनले आक्रमण गरेको स्वीकारेका छन् । उनी एक्लै ले आक्रमण गरेको बताइएको छ।

प्रयोग गरिएको बन्दुक ९ मिमी ह्यान्डगन थियो । जुन उनले सन् २०२० मा इलिनोइसमा कानुनी रूपमा खरिद गरेका थिए। उनको सामाजिक सञ्जालले उनलाई प्यालेस्टिनी समर्थक प्रदर्शनमा संलग्न रहेको देखाउँछ।

उनको शिकागोको अपार्टमेन्टमा पनि प्रहरीले खोजतलास गरेको थियो। एक छिमेकीले बताए अनुसार उनले आफ्नो फ्ल्याटको झ्यालमा ‘न्याय पाओस वेडिआ’ भन्ने फोटो राखेका थिए। वेडिआ अल्फायोमी नामका प्यालेस्टिनी अमेरिकी बालकको हत्या सन् २०२३ मा भएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com