बाइडेन प्रशासनले लागू गरेका प्रहरी सुधारका कार्यक्रम ट्रम्प प्रशासनद्वारा उल्ट्याउने निर्णय


प्रकाशित मिति : जेष्ठ ७, २०८२ बुधबार

अमेरिकामा ट्रम्प प्रशासनले बाइडेन प्रशासनका पालामा लागू गरिएका प्रहरी सुधार कार्यक्रमहरूलाई उल्ट्याउने निर्णय गरेको छ।

ती सुधारहरू उच्च प्रोफाइल प्रहरी हत्या र क्रुरताका घटनाहरू देखिएका शहरहरूमा लागू भएका थिए।

बुधबार अमेरिकी न्याय मन्त्रालयले केन्टकीको लुइसभिल र मिनेसोटाको मिनियापोलिस शहरका प्रहरी विभागहरूसँग गरिएको निगरानी सहमति खारेज गरिने घोषणा गरेको हो ।

साथै, न्याय मन्त्रालयले फिनिक्स, मेम्फिसलगायत अन्य ६ शहरमा प्रहरीद्वारा संविधान उल्लंघनका आरोपमा भइरहेको अनुसन्धान पनि बन्द गर्ने बताएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो निर्णय २०२० मा मिनियापोलिसमा प्रहरीले पक्राउ गर्ने क्रममा ज्यान गुमाएका अफ्रिकन अमेरिकी पुरुष जर्ज फ्लोयडको मृत्युको पाँचौं वार्षिकीको केही दिनअघि सार्वजनिक गरिएको हो।

उनको मृत्युपछि अमेरिकाभर व्यापक विरोध प्रदर्शन भएका थिए । प्रहरी प्रणालीमा जातीय विभेद तथा क्रुरताविरुद्ध राष्ट्रिय स्तरमा सचेतना बढेको थियो।

फ्लोयडको हत्या अभियोगमा दोषी ठहर भएका प्रहरी अधिकृत डेरेक चौभिन अहिले २२ वर्षको जेल सजाय काटिरहेका छन्।

न्याय मन्त्रालयले बाइडेन प्रशासनको न्यायिक निगरानी सम्झौताहरूलाई ‘अत्यधिक हस्तक्षेपू भएको भन्दै आलोचना गरेको छ। सहायक महान्यायाधिवक्ता हार्मीत ढिल्लोले भने, “यी सम्झौताहरूले स्थानीय प्रहरीलाई बाँध्ने प्रयास गरिरहेका थिए।”

विभागले लुइसभिल र मिनियापोलिस प्रहरीविरुद्धको दुई मुद्दा पनि फिर्ता लिने तयारी गरिरहेको छ । जसमा संविधानविपरीतको प्रहरी व्यवहारको आरोप लगाइएको छ।

बाइडेन प्रशासनअन्तर्गतका पूर्व न्यायमन्त्री मेरिक गारल्यान्डको नेतृत्वमा २०२१ पछि १२ वटा राज्य र स्थानीय प्रहरी निकायमाथि नागरिक अधिकार उल्लंघनको अनुसन्धान सुरु गरिएको थियो।

त्यसमध्ये मिनियापोलिस, लुइसभिल, फिनिक्स र मिसिसिपीको लेक्सिङटनमा अनुसन्धान पूरा भइसकेको थियो। यी अनुसन्धानहरूले प्रणालीगत प्रहरी दुराचार भएको निष्कर्ष दिएका थिए।

यी अनुसन्धानहरू जर्ज फ्लोयड, ब्रियोना टेलर लगायतका घटनाहरूको सार्वजनिक दबाबपछि सुरु भएका थिए। ब्रियोना टेलर अस्पतालकी कर्मचारी थिइन् । जसको २०२० मा ‘नो नक’ का क्रममा गोली लागेर मृत्यु भएको थियो।

उनीमाथि अत्यधिक बल प्रयोग गरेको आरोपमा लुइसभिल मेट्रो प्रहरी विभागका पूर्व अफिसर ब्रेट ह्यान्किसनलाई दोषी ठहर गरिएको थियो।

बाइडेन प्रशासनले लुइसभिल र मिनियापोलिस प्रहरीसँग सहमति गरेर प्रशिक्षिण, जवाफदेहिता र प्रहरी गतिविधिको डेटा संकलनमा सुधार गर्ने योजना बनाएको थियो। तर ती सम्झौताहरू अझै औपचारिक रूपमा लागू भएका थिएनन्।

अब ट्रम्प प्रशासनले ती अनुसन्धानहरूलाई “त्रुटिपूर्ण विधि र अधुरो डेटा” मा आधारित भएको भन्दै अस्वीकार गर्दैछ। ट्रम्प पुनः निर्वाचित भएपछिको नयाँ प्रशासनसँगै नागरिक अधिकार विभागमा ठूलो परिवर्तन देखिएको छ।

हाल र पूर्व कर्मचारीहरूका अनुसार करिब ७० प्रतिशत वकिलहरूले विभाग छोडिसकेका छन् । यो कदमले अमेरिका भित्र प्रहरी सुधारको दिशा परिवर्तन भएको स्पष्ट सङ्केत दिएको छ । यसले आगामी दिनमा झनै विवाद निम्त्याउने अनुमान गरिँदैछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com