रुसले शान्ति वार्ता लम्ब्याएको युक्रेनी राष्ट्रपति जेलन्स्कीको आरोप


प्रकाशित मिति : जेष्ठ ६, २०८२ मंगलबार

Albania Europe Summit

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलन्स्कीले रुसले शान्ति वार्ता लम्ब्याउँदै समय खर्च गर्ने प्रयास गरेको आरोप लगाएका छन् । उनको भनाइ अनुसार रुसको उद्देश्य युद्धलाई अझ लम्ब्याउनु हो । यद्यपि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तुरुन्त युद्धविरामको पहल गरिरहेका छन् ।

ट्रम्पले सोमबार जेलन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छुट्टाछुट्टै फोन संवाद गरेका थिए । पछिल्लो शुक्रबार इस्तानबुलमा युक्रेनी र रुसी अधिकारीबीच तीन वर्षपछि पहिलो पटक प्रत्यक्ष वार्ता भएको थियो । तर, ती वार्ताहरू कुनै ठोस निष्कर्षबिना टुंगिएका थिए । जेलन्स्कीले ती वार्तामा रुसी प्रतिनिधिहरूलाई ‘खाली टाउको’ भएको आरोप लगाउँदै गम्भीरता नदेखिएको बताए ।

रुसी राष्ट्रपति पुटिनले भने युद्धविरामको सट्टा ‘स्मरणपत्र’ तयार गर्ने प्रस्ताव गरेका छन्, जसमा युद्ध अन्त्यका लागि दुवै पक्षका धारणाहरू समेटिने भनिएको छ । तर यो स्मरणपत्रमा युद्ध रोक्नुपर्ने कुनै बाध्यता नरहेको हुँदा रुसले आक्रमण जारी राख्न सक्ने अवस्था रहेको विश्लेषकहरूको भनाइ छ ।

किभ र मस्कोका सर्वसाधारणले पनि वार्ताबाट ठूला आशा नराखेको देखिएको छ । किभमा एक निवृत्त शिक्षिका भिक्टोरिया किसेलियोभाले ट्रम्पप्रति विश्वास नरहेको बताइन् भने एक इन्जिनियर भिटालिले ट्रम्पलाई ‘उद्धारकर्ता’ मान्न नमिल्ने बताए । युक्रेनी विश्लेषक भोलोडिमिर फेसेन्कोका अनुसार, ट्रम्पको हालको वार्ताले स्थितिलाई प्रस्ट पार्नुको सट्टा झन अन्योलमा पारेको छ । उनले पुटिन वार्तालाई बहाना बनाएर युद्ध जारी राख्न खोजिरहेको पनि बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युक्रेन र युरोपेली मुलुकहरूले अहिले ट्रम्पलाई रुसमाथि थप कडा प्रतिबन्ध लगाउन आग्रह गरिरहेका छन् । इस्तानबुल वार्तामा रुसले युक्रेनले पटक–पटक अस्वीकार गर्दै आएको भूभागमाथिको दाबी पुनः उठाएको आरोप पनि लगाइएको छ । युरोपेली सङ्घले रुसमाथि १७ औँ चरणको प्रतिबन्ध घोषणा गर्दै रुसी जलयात्रा साधनहरूमाथि कारबाही गरेको छ ।

जेलन्स्कीले युरोपेली आयोग प्रमुख उर्सुला भन डेअर लायनसँग कुराकानी गरी आगामी प्रतिबन्धका तयारीबारे छलफल गरेको जानकारी दिए । उनले रुसको ऊर्जा व्यापार, बैङ्क प्रणाली र आर्थिक योजना माथि प्रतिबन्ध लगाउन जोड दिए ।

यसैबीच चीनले पनि दुवै पक्षबीचको प्रत्यक्ष संवादलाई निरन्तरता दिनुपर्ने भन्दै सबै पक्षलाई स्वीकार्य, न्यायपूर्ण र बाध्यकारी शान्ति सम्झौतिमा पुग्न आग्रह गरेको छ । चीनको परराष्ट्र मन्त्रालयले संवाद नै समाधानको बाटो भएको धारणा व्यक्त गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com