अमेरिकाले खाडी मुलुकसँग लगानी र प्रविधिमा गहिरो सहकार्य खोज्दै


प्रकाशित मिति : जेष्ठ ६, २०८२ मंगलबार

गत हप्ता गल्फ मुलुकहरू साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्सको भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे । भ्रमणबाट फर्किँदै गर्दा राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग भने, “त्यो ऐतिहासिक चार दिन थियो, जुन एकदम शानदार रहयो।”

आफ्नै विशिष्ट शैलीमा उनले थपे, “हाम्रो देशमा आउने रोजगारी र पैसा – यसअघि यस्तो कहिल्यै देखिएको थिएन।” ट्रम्पले अमेरिका लागि दुई ट्रिलियन डलरभन्दा बढीको सम्झौता गराएको दाबी गरे। तर, ती दाबी कति वास्तविक छन् भन्ने विषयमा प्रश्न उठन थालेका छन ।

ट्रम्पको भ्रमणलाई तीनवटै गल्फ देशले विशेष सम्मानका साथ स्वागत गरे। लडाकु विमानहरू, २१ तोपको सलामी, टेस्लाका साइबरट्रकहरूको फ्लीट, शाही उँट र घोडा, तरवार नाचजस्ता दृश्यले भ्रमणको भव्यता झल्किएको थियो।

युएईले ट्रम्पलाई राष्ट्रको सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ जायेद’ प्रदान गर्यो। यो भ्रमण गल्फ मुलुकहरूका लागि पनि रणनीतिक अवसर थियो । अमेरिका संगको सम्बन्ध बलियो बनाउँदै आफ्ना आर्थिक लक्ष्यहरू अघि बढाउने उनीहरुको लागि प्रयास नै थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानले अमेरिकासँग ६०० बिलियन डलरको लगानी प्रतिबद्धता पुन दोहोर्याए। सम्झौताहरूमा रक्षा, कृत्रिम बौद्धिकता, स्वास्थ्य, पूर्वाधार र विज्ञान सहकार्य समावेश छन्।

६,००० करोड डलरको रक्षा सम्झौतालाई सबैभन्दा ठूलो भनिएको छ। तर यस्ता अघिल्ला दाबीहरू वास्तविकता भन्दा धेरै टाढा हुने गरेका छन्।

ट्रम्पको पहिलो कार्यकालमा पनि उनले साउदीसँग ४५० बिलियन डलरको सम्झौता भएको भनेका थिए । तर २०१७–२०२० बीच वास्तविक कारोबार ३०० अर्ब डलरभन्दा कम थियो। उनका अनुसार, “यी नयाँ सम्झौताहरूको वास्तविकता त कार्यान्वयनमा मात्रै देखिनेछ।”

कतारमा ट्रम्पले १.२ ट्रिलियन डलरको ‘आर्थिक एक्सचेन्ज’ घोषणा गरे। तर ह्वाइट हाउसद्वारा जारी विवरणमा जम्मा २४३.५ बिलियन डलरका सम्झौता मात्र उल्लेख छन्।

यी सम्झौतामा कतार एयरवेजले अमेरिकन कम्पनीबाट २१० बोइङ जहाज किन्न ९६ अर्ब डलर खर्च गर्ने पुष्टि गरिएको छ। ह्वाइट हाउसका अनुसार यसले प्रत्येक वर्ष १.५४ लाख अमेरिकीलाई रोजगारी दिनेछ।

तेलको मूल्य घट्दा साउदीको वित्तीय अवस्थामाथि दबाब परेको छ। अप्रिलमा मूल्य चार वर्षको न्यूनतममा झरेको थियो । जसले साउदीको लगानी क्षमता सीमित बनाउँछ।

अन्य विश्लेषकहरूका अनुसार अधिकांश सम्झौता ‘नन बाइन्डिङ मेमोर्यान्डम अफ अन्डरस्ट्याण्डिङ’ हुन् । जुन कानुनी बाध्यता नभएका प्रारम्भिक समझदारी मात्र हुन्।

साउदीको तेल कम्पनी अराम्कोले अमेरिकी कम्पनीहरूसँग ९० बिलियन डलरका ३४ सम्झौताहरू घोषणा गर्यो । तर तीमध्ये धेरै गैर बाध्यकारी थिए।

यद्यपि यी सबै घोषणाहरूले अमेरिका गल्फ सम्बन्धमा नयाँ ढोका खोल्ने संकेत गरेका छन्। अब तेल रक्षा सम्बन्धभन्दा बाहिर गएर, दुवै पक्ष लगानी र प्रविधिमा गहिरो सहकार्य खोज्दैछन्।

गल्फ मुलुकहरू, विशेष गरी साउदी अरेबियाले ट्रम्पको भ्रमणलाई सम्बन्ध पुनःस्थापना र विश्व मञ्चमा भूमिका सशक्त बनाउने अवसरको रूपमा प्रयोग गरेका छन्।

ट्रम्पका लागि भने ूट्रिलियन डलरको लगानीू उनको आर्थिक नीति सफल भएको प्रमाणको रूपमा प्रस्तुत गरिनेछ।

उनको कार्यकालमा व्यापारमा घट्दो वृद्धि र अमेरिकी उत्पादनमा गिरावट देखिँदै गएको अवस्थामा यी सम्झौता सन्देश दिन सहयोगी हुनेछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com