ट्रम्पको ‘बिग, ब्यूटिफुल बिल’ टुक्र्याउने रिपब्लिकन सांसदहरूको तयारी


प्रकाशित मिति : जेष्ठ ५, २०८२ सोमबार

अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको कानुनी एजेन्डालाई कार्यान्वयन गर्न तर्जुमा गरिएको प्रतिनिधिसभाको विधेयकमा समस्या रहेको भन्दै रिपब्लिकन सांसदहरूले त्यसलाई टुक्र्याउने योजना बनाइरहेका छन् ।

उनीहरूले विवादास्पद बुँदाहरूलाई अलग राखेर कम विवादास्पद प्राथमिकताहरूलाई चाँडो कानुन बनाउने प्रयास गरिरहेका छन्।

प्रतिनिधिसभाका सभामुख माइक जोनसन (रिपब्लिकन–लुइजियाना) ले ट्रम्पको विधेयक पारित गराउन संघर्ष गरिरहेका छन्।

तर यो विधेयक सीनेटमा गम्भीर अवरोधमा फस्ने देखिएको छ। मध्यमार्गी रिपब्लिकनहरूले मेडिकेडमा प्रस्तावित कटौतीको विरोध गरेका छन् । कठोर खर्च नियन्त्रण चाहने सांसदहरूले यो विधेयकले बजेट घाटा कम गर्न पर्याप्त नभएको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक रिपब्लिकन सिनेटरले नाम नखुलाउने सर्तमा भने, “अझै धेरै समस्या छन्।” उनले बताएअनुसार मेडिकेडमा कटौतीको प्रस्ताव सीनेटमा स्वीकृति पाउन गाह्रो छ ।

यदि प्रतिनिधिसभामा यो विधेयक असफल भयो वा सीनेटमा ठोक्कियो भने वैकल्पिक योजनाको तयारी भइरहेको पनि सांसदहरूले बताएका छन्।

सभामुख जोनसनले विधेयक अझै समयमै अघि बढ्ने दाबी गरे पनि सीनेट रिपब्लिकनहरू बिस्तारै शंकामा पर्न थालेका छन्।

केही सिनेटरहरूको भनाइमा ट्रम्पको एजेन्डाका सबै प्रस्तावहरू एउटै विधेयकमा राख्नुभन्दा दुई वा तीन भागमा टुक्र्याएर अघि बढाउनु उचित हुनेछ।

यस्तो रणनीति सिनेट बहुमत नेतासमेत रहेका सिनेटर जोन थुन (रिपब्लिकन–साउथ डकोटा) ले डिसेम्बरमै प्रस्ताव गरेका थिए।

तर सभामुख जोनसनले एउटै प्याकेजको रूपमा विधेयक ल्याउँदा सजिलो हुने तर्क गरेका थिए।

सिनेटरहरूले सीमा सुरक्षामा आवश्यक पर्ने बिलियन डलरका स्रोतहरू तुरुन्तै उपलब्ध गराउन दबाब महसुस गरिरहेका छन्। यो विषय कर प्रणाली र खर्च कटौतीमा भइरहेको लामो बहसका कारण अड्किएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com