युक्रेन युद्धविराम प्रयासमा रुसी राष्ट्रपति पुटिनसँग वार्ता गर्दै ट्रम्प


प्रकाशित मिति : जेष्ठ ५, २०८२ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले युक्रेनमा गरेको आक्रमणबाट सुरु भएको युद्ध अन्त्य गर्न लामो समयदेखि चलिरहेको प्रयासको हिस्साका रूपमा सोमबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गर्ने भएका छन् ।

ट्रम्पले अमेरिकी चुनाव अभियानका क्रममा पदभार ग्रहण गरेको एक दिनभित्रै द्वन्द्व रोक्ने वाचा गरेका थिए । तर, उनको कूटनीतिक प्रयासले अहिलेसम्म थोरै प्रगति हासिल गरेको छ ।

रुस र युक्रेनका प्रतिनिधिमण्डलहरूले लगभग तीन वर्षमा पहिलो पटक गत हप्ता इस्तानबुलमा प्रत्यक्ष वार्ता गरे, तर वार्ता युद्धविरामको प्रतिबद्धता बिना समाप्त भयो ।

दुवै पक्षले एक अर्कामाथि आरोप लगाए । युक्रेनले मस्कोलाई कम–स्तरका अधिकारीहरूको ‘नक्कली’ प्रतिनिधिमण्डल पठाएको आरोप लगायो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वार्तापछि ट्रम्पले युक्रेनमा भएको ‘रक्तपात’ अन्त्य गर्न रुसी राष्ट्रपतिसँग फोनमा कुरा गर्ने घोषणा गर । रुसले युक्रेनको ठूलो भागलाई ध्वस्त पारेको छ र लाखौँ मानिस विस्थापित भएका छन् ।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र नाटो अधिकारीहरूसँग पनि कुरा गर्ने बताए । साथै, उनले ‘युद्धविराम हुने र यो अत्यन्त हिंसात्मक युद्ध अन्त्य हुने’ आशा व्यक्त गरे ।

जनवरीमा पदभार सम्हालेयता ट्रम्पले द्वन्द्व अन्त्य गर्न चाहेको कुरा पटक–पटक जोड दिएका छन् । उनले हालै बिना शर्त ३० दिने युद्धविरामको आह्वानलाई समर्थन गरेका छन् ।

अहिलेसम्म उनले मुख्यतया युक्रेनमाथि दबाब बढाउनमा ध्यान केन्द्रित गरेका छन् र पुटिनको आलोचना गर्नबाट टाढा रहेका छन ।

यसअघि मस्को र वासिङ्टन दुवैले पुटिन र ट्रम्पबीचको द्वन्द्वमा बैठकको आवश्यकतामाथि जोड दिएका थिए ।

अमेरिकी राष्ट्रपतिले पुटिनलाई आमनेसामने नभेटेसम्म द्वन्द्वमा ‘केही हुने छैन’ भन्ने तर्क पनि दिएका छन् ।

अमेरिकी अधिकारीहरूसमेत उपस्थित भएको इस्तानबुलमा भएको वार्तामा कुनै ठोस प्रस्तावबिना रुस र युक्रेनले प्रत्येक एक हजार कैदी आदान–प्रदान गर्न र सम्भावित युद्धविरामबारे विचारहरू साटासाट गर्न सहमत भएका थिए ।

युक्रेनका प्रमुख वार्ताकार रक्षामन्त्री रुस्तम उमरोभले ‘अर्को कदम’ पुटिन र जेलेन्स्कीबीच बैठक हुने बताए ।

रुसले यो अनुरोधलाई ध्यानमा राखेको बताएको छ ।

“हामी यसलाई सम्भव ठान्दछौँ, तर कामको परिणाम र दुई पक्षबीचको सम्झौताका रूपमा निश्चित परिणामहरू प्राप्त गरेपछि मात्र”, क्रेमलिनका प्रवक्ताले भने ।

युक्रेनका पश्चिमी सहयोगीहरूले त्यसपछि पुटिनमाथि युद्धविरामको आह्वानलाई जानाजानी बेवास्ता गरेको आरोप लगाएका छन् र रुसविरुद्ध नयाँ प्रतिबन्धहरूका लागि दबाब दिएका छन् ।

बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले आइतबार ट्रम्पसँग फोनमा कुराकानी गरेका थिए ।

“राष्ट्रपति पुटिनसँग राष्ट्रपति ट्रम्पको भोलिपल्टको कुराकानीलाई ध्यानमा राख्दै नेताहरूले बिना शर्त युद्धविरामको आवश्यकता र राष्ट्रपति पुटिनले शान्ति वार्तालाई गम्भीरताका साथ लिनका लागि छलफल गर्नुभयो”, बेलायती प्रधानमन्त्री किर स्टार्मरका प्रवक्ताले भने, “यदि रुस युद्धविराम र शान्ति वार्तामा गम्भीरताका साथ संलग्न असफल भएको अवस्थामा प्रतिबन्धको प्रयोगबारे पनि उहाँहरूले छलफल गर्नुभयो ।”

जेलेन्स्कीले आइतबार भ्याटिकनमा पोप लियोको उद्घाटन समारोहपछि भएको भेटमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग सम्भावित प्रतिबन्धबारे पनि छलफल गरेका थिए ।

“हामीले इस्तानबुलमा भएको वार्ताबारे छलफल गर्‍यौँ, वार्तामा रुसीहरूले कुनै निर्णय गर्ने अधिकार नभएको तल्लो–स्तरको प्रतिनिधिमण्डल पठाए”, बैठकपछि जेलेन्स्कीले टेलिग्राममा लेखे, “हामीले रुसविरुद्ध प्रतिबन्धको आवश्यकता, द्विपक्षीय व्यापार, रक्षा सहयोग, युद्ध मैदानको अवस्था र भविष्यमा कैदीहरूको आदानप्रदानबारे पनि कुरा गर्‍यौँ ।”

राष्ट्रपति कार्यालयबाट एक वरिष्ठ युक्रेनी अधिकारीले नाम नछाप्ने सर्तमा जेलेन्स्की र भान्सले ट्रम्प र पुटिनबीच सोमबारको टेलिफोन कुराकानीको तयारीबारे पनि छलफल गरेको बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com