क्यालिफोर्नियाको विष्फोटन आतंकवादी हमला भएको एफबीआईको भनाई


प्रकाशित मिति : जेष्ठ ४, २०८२ आईतबार

अमेरिकाको क्यालिफोर्नियाको एक प्रजनन क्लिनिकबाहिर भएको बम विस्फोटनको घटना आतंकवादी हमला भएको अधिकारीहरुले बताएका छन । उक्त घटनामा एकजनाको मृत्यु भएको थियो । अन्य ४ जना घाइते भएका थिए ।

एफबीआईका अधिकारीहरूले यो घटना उद्धेश्यप्रेरित आतंकवादी हमला भएको बताएका हुन । विस्फोट शनिबार स्थानीय समयअनुसार बिहान ११ बजेभन्दा केही अघि, पाम स्प्रिङ्स सहरको केन्द्रबाट झन्डै एक माइल टाढा रहेको अमेरिकन रिप्रोडक्टिभ सेन्टर्स नजिकैका केही व्यवसायीक क्षेत्रहरूमा भएको हो।

क्लिनिकले उनीहरूका कुनै पनि कर्मचारी वा बिरामीलाई क्षति नपुगेको बताएको छ । एफबीआईले एक जनालाई अनुसन्धानका लागि आशंका गरेको छ ।

एफबीआई र अधिकारीहरूको भनाइ

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एफबीआईले शनिबार दिएको ब्रिफिङमा यो हमला उद्देश्यप्रेरित भएको पुष्टि गरेको हो ।

“यो एक जानाजान गराइएको आतंकवादी हमला हो। हाम्रो अनुसन्धानबाट यो घरेलु आतंकवाद हो कि अन्तर्राष्ट्रिय भन्ने थाहा हुनेछ,” एफबीआइको लस एन्जलस फील्ड कार्यालयका प्रमुख अकिल डेभिसले भनेका छन ।

पाम स्प्रिङ्स प्रहरी प्रमुख एन्डी मिल्सले विस्फोटबाट भवनहरूमा केही गम्भीर रूपमा, क्षतिग्रस्त भएको जनाए। उनले विस्फोटमा मृत्यु हुने व्यक्तिको पहिचान हुन बाँकी रहेको पनि बताए।

क्लिनिकले भने विस्फोट क्लिनिक भवन नजिकैको पार्किङ क्षेत्रमा भएको पुष्टि गर्यो। पाम स्प्रिङ्सका मेयर रोन डे हार्टेले विस्फोट “गाडीभित्र वा वरिपरिको क्षेत्रमै” भएको बताएका छन्।

क्लिनिक सुरक्षित, तर कार्यालयमा क्षति

क्लिनिकले आफ्नो प्रयोगशाला, अण्डा र भ्रूणहरू पूर्ण रूपमा सुरक्षित रहेको बताएको छ।

यो क्लिनिक कोआचेला भ्यालीको पहिलो पूर्ण सेवायुक्त प्रजनन केन्द्र तथा आईभीएफ प्रयोगशाला हो। यहाँ प्रजनन परीक्षण, आईभीएफ अण्डा दान र फ्रिजिङ, समलैंगिक दम्पतीहरूको प्रजनन सहयोग र सरोगेसी सेवा दिइन्छ।

सरकारी प्रतिक्रिया

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले राज्यले संघीय तथा स्थानीय अधिकारीहरूसँग सहकार्य गरिरहेको बताएका छन्। अमेरिकी अटर्नी जनरल पाम बन्डीले पनि घटनाबारे ब्रिफिङ लिएको पुष्टि गरेकी छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com