टोर्नाडोका कारण केन्टकी र मिसौरीमा मृत्यु हुनेको संख्या २५ पुग्यो


प्रकाशित मिति : जेष्ठ ३, २०८२ शनिबार

अमेरिकाका दुई राज्यहरूमा आएको विनाशकारी टोर्नाडो अर्थात आँधीबेहरीले आतंक मच्चाउँदा मृत्यु हुनेको संख्या कम्तीमा २५ पुगेको छ । दर्जनौं घाइते भएका छन ।

केन्टकी राज्यका अधिकारीहरूले कम्तीमा १८ जनाको मृत्यु पुष्टि गरेका छन् । मिसौरीमा सात जनाको मृत्यु भएको छ । जसमा पाँच जना सेन्ट लुइस शहरमा मारिएका हुन्।

केन्टकीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने लरेल काउन्टीमा शनिबार बिहान सबेरै टोर्नाडो आएको थियो। अधिकारीहरूले मृतक संख्या अझै बढ्न सक्ने बताएका छन्।

मिसौरीका अधिकारीका अनुसार ५ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त भएका छन् । छाना उडेका छन् र बिजुलीका पोलहरू ढलेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टोर्नाडोले सेन्ट लुइस सहरमा रहेको दुईतले घरको पछिल्लो पर्खाल पूर्ण रूपमा उडाइदिएको छ। शनिबार दिउँसोसम्म केन्टकी र मिसौरीमा करिब १ लाख ४० हजार घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको थियो।

सेन्ट लुइसका अधिकारीहरूका अनुसार सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा दमकल विभागले घर घरमा खोजी अभियान चलाइरहेको छ।

सेन्ट लुइस नगर प्रमुख कारा स्पेन्सरले कम्तीमा ३८ जना घाइते भएका बताएका छन । क्षतिग्रस्त क्षेत्रमा अझै पनि बाँचेकाहरूको खोजी भइरहेको बताइएको छ ।

राष्ट्रिय मौसम सेवाका अनुसार टोर्नाडो मिसौरीको पश्चिमी भागमा सेन्ट लुइसको फरेस्ट पार्क नजिकै दिउँसो साढे २ बजे छिरेको अनुमान गरिएको छ। उक्त क्षेत्र सेन्ट लुइस चिडियाखाना र सन् १९०४ को ओलम्पिक खेल आयोजना गरिएको स्थल हो।

अमेरिकी राष्ट्रिय मौसम सेवाले टोर्नाडोले छिमेकी इलिनोइस राज्यलाई पनि प्रभावित पारेको छ । मौसम प्रणाली पूर्वतर्फ अटलान्टिक तटसम्म फैलिएको छ। शनिबारको चेतावनीअनुसार, उत्तरी टेक्सासमा पनि सप्ताहन्तमा केही नयाँ टोर्नाडो आउन सक्ने खतरा छ।

टोर्नाडोले प्रभावित गरेको क्षेत्र ‘टोर्नाडो एली’भनेर चिनिन्छ । त्यहाँ प्रायः टोर्नाडोहरू आउने गर्छन्। यस्ता प्रकोप प्रायः मे र जुन महिनामा देखिए पनि वर्षको अन्य समयमा पनि हुन सक्छन्।

सन् २००० यता केन्टकीमा प्रत्येक मे महिनामा औसत पाँच वटा टोर्नाडो देखा परेका छन् । मिसौरीमा औसत १६ वटा टोर्नाडो हुने गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com