युद्ध अन्त्यका लागि वार्ताको नयाँ चरण सुरु भएको हमासको घोषणा
प्रकाशित मिति : जेष्ठ ३, २०८२ शनिबार
(250129) — GAZA, Jan. 29, 2025 (Xinhua) — Palestinian children are seen on a street with destroyed buildings in Jabalia refugee camp in the northern Gaza Strip, on Jan. 29, 2025. More than 500,000 displaced Palestinians have returned to northern Gaza in the past 72 hours, the Hamas-run media office said on Wednesday. (Photo by Abdul Rahman Salama/Xinhua)
इजरायली सेनाले गाजामा नयाँ सैन्य अपरेशन सुरू गरेसँगै हमासले युद्ध अन्त्यका लागि वार्ताको नयाँ चरण सुरु भएको घोषणा गरेको छ।
हमासका प्रमुख इस्माइल हानियाहका सल्लाहकार ताहेर अल नुनुले शनिबार दोहामा नयाँ वार्ता औपचारिक रूपमा सुरु भएको पुष्टि गरेका हुन्।
उनका अनुसार दुवै पक्षबाट कुनै पूर्व शर्त राखिएको छैन । सबै विषयहरू छलफलको लागि खुला रहेका उनीहरुले बताएका छन्।
इजरायली रक्षामन्त्री इस्राएल काट्जले हमासका वार्ताकारहरू बन्धकसम्बन्धी सम्झौता गर्न कतारमा फर्किएको बताएका छन्।
उनले यो कदमलाई “अहिलेसम्मको जिद्दीपूर्ण अडानबाट परिवर्तन” को रूपमा वर्णन गरे। यसबीच इजरायली सेनाले गाजाका “रणनीतिक क्षेत्रहरू नियन्त्रणमा लिने” र बन्धकहरू मुक्त गर्ने अभियान सुरु भएको जानकारी दिएको छ।
सेनाले २४ घण्टामा गाजा क्षेत्रमा १५० भन्दा बढी आतंककारी लक्ष्यहरू माथि हमला गरिएको बताएको छ। गिडिओनस चारियट्स नामको यो अपरेशन बाइबिलका एक प्रसिद्ध योद्धाको नाममा राखिएको हो।
यस अभियानले गाजाको भूभाग कब्जा गर्ने, सर्वसाधारणलाई दक्षिणतर्फ सार्ने, हमासमाथि आक्रमण गर्ने र मानवीय सहायता वितरणमा उसले नियन्त्रण गर्न नपाओस् भन्ने सुनिश्चित गर्नेछ।
हजारौं इजरायली सैनिकहरू, नियमित र रिजर्भ यो अभियानमा सहभागी हुने अपेक्षा गरिएको छ।
मार्च महिनामा दुई महिनाको युद्धविराम टुटेपछि इजरायलले गाजामाथि सहायता नाकाबन्दी लगाएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार गाजामा धेरै मानिसहरू भोकमरीको अवस्थामा पुगेका बताएका थिए ।
हमासद्वारा सञ्चालित आपतकालीन सेवा सिभिल डिफेन्स का अनुसार, बिहीबारदेखि हालसम्म इजरायली आक्रमणमा झन्डै २५० जना मारिएका छन्। गाजा स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा कम्तीमा १४६ जनाको मृत्यु भएको जनाएको छ।
उत्तरी र मध्य गाजाका धेरै क्षेत्रका बासिन्दाहरूलाई घर वा आश्रयस्थान छोड्न भनिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस महिनाको सुरुमा गाजामा तीव्र सैन्य प्रवेशको तयारी भइरहेको बताएका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमण सकिएपछि मात्रै उक्त अपरेशन सुरु गरिने सरकारले बताएको थियो। ट्रम्प शुक्रबार सो क्षेत्रबाट फर्किएका छन्।






