वार्तापछि पनि रोकिएन रुसी आक्रमण, युक्रेनमा एक बसमा भएको हमलामा ९ जनाको मृत्यु


प्रकाशित मिति : जेष्ठ ३, २०८२ शनिबार

UKRAINE-RUSSIA-CONFLICT-WAR

रुसी ड्रोनले उत्तरपूर्वी युक्रेनको सुमी क्षेत्रमा एक बसमा आक्रमण गर्दा ९ जनाको मृत्यु भएको र ४ जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जनाएका छन्। यो आक्रमण मस्को र किएभबीच वर्षौंपछि पहिलो प्रत्यक्ष शान्ति वार्ता भएको केही घण्टापछि भएको हो।

युक्रेनको राष्ट्रिय प्रहरीले टेलिग्राममा पोस्ट गर्दै यो आक्रमणलाई ‘निकृष्ट युद्ध अपराध’ को संज्ञा दिएको छ। प्रहरीले सार्वजनिक गरेको तस्बिरमा गाढा नीलो रंगको यात्रु भ्यान लगभग ध्वस्त भएको, छत च्यातिएको र झ्यालहरू फुटेको देखिन्छ।

रुसको सरकारी समाचार एजेन्सी टासले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसी सेनाले सुमी क्षेत्रमा युक्रेनी सैन्य उपकरण भण्डारण क्षेत्रमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

शुक्रबार टर्कीमा भएको रुसी र युक्रेनी अधिकारीहरूको वार्ता अस्थायी युद्धविराममा सहमति नहुँदा असफल भएको थियो। यो सन् २०२२ को फेब्रुअरीमा रुसले युद्ध सुरु गरेपछिको पहिलो प्रत्यक्ष संवाद थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युक्रेनी विदेशमन्त्री आन्द्रिय सिबिहाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नागरिकविरुद्ध युद्ध जारी राखेको आरोप लगाए। ‘रुसी आतंक रोक्न मस्कोमाथि दबाब बढाउनुपर्छ’, उनले सामाजिक सञ्जाल एक्समा लेखे।

दुवै पक्षले नागरिकलाई निशाना बनाएको अस्वीकार गरे पनि यो द्वन्द्वमा हजारौंको ज्यान गइसकेको छ, जसमध्ये अधिकांश युक्रेनी छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com