गाजामा आक्रमण तीव्र, इजरायली सेनाद्वारा हवाई आक्रमण र फौज तैनाथ


प्रकाशित मिति : जेष्ठ ३, २०८२ शनिबार

इजरायली सेनाले शुक्रबार गाजा क्षेत्रमा आफ्ना आक्रमणहरू अझ तीव्र बनाएको छ। यस अन्तर्गत हवाई बमबारी र थप स्थलगत सेनाहरू पनि पठाइएको जानकारी दिएको छ, जसको उद्देश्य गाजाका केही भागमा नियन्त्रण कायम गर्नु हो।

इजरायली सुरक्षाबलले ‘गिदेओनका रथ’ नामक नयाँ अभियान सुरु गरिएको जनाएको छ, जसको उद्देश्य युद्धका प्रमुख लक्ष्य बन्धकको मुक्तिमा सहयोग पुर्‍याउनु र हमास नामक समूहको सञ्जाल हटाउनु रहेको छ।

‘हामी आफ्ना नागरिकको सुरक्षाका लागि काम गरिरहनेछौँ र युद्धका लक्ष्य प्राप्त नहुँदासम्म हाम्रो कारबाही जारी रहनेछ’, सुरक्षाबलको भनाइ छ।

यसअघि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले केही दिनभित्र इजरायली सेनाहरू पूर्ण बलका साथ गाजामा प्रवेश गर्ने बताएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गाजाका स्वास्थ्य अधिकारीका अनुसार, शुक्रबार मात्र उत्तर गाजामा इजरायली बमबारीका कारण कम्तीमा १०९ जनाको मृत्यु भएको छ भने २१६ जना घाइते भएका छन्।

गत वर्ष असोजदेखि सुरु भएको द्वन्द्वमा हालसम्म ५३ हजार ११९ जना मारिएका छन् भने एक लाख २० हजार २१४ जना घाइते भएका छन्।

हमासले इजरायलमाथि युद्धविरामका लागि भइरहेका पहलहरूलाई बेवास्ता गरेको आरोप लगाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com