उत्तरी टेक्सासका भेनेजुएलाली आप्रवासीहरूको निर्वासन रोक्न अमेरिकी सर्वोच्च अदालतको आदेश


प्रकाशित मिति : जेष्ठ २, २०८२ शुक्रबार

अमेरिकी सर्वोच्च अदालतले उत्तरी टेक्सासका भेनेजुएलाली आप्रवासीहरूको निर्वासन रोक्न आदेश दिएको छ।

यसले ट्रम्प प्रशासनको आप्रवासन नीतिमा ठूलो कानूनी धक्का पुर्याएको छ। शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पको १७९८ को एलियन एनिमी एक्ट अन्तर्गत निर्वासन रोक्न आदेश दिएपछि आप्रवासन नीतिमा ठूलो कानूनी धक्का पुगेको हो ।

सर्वोच्च अदालतले ७।२ को बहुमतमा ट्रम्प प्रशासनको तत्काल निर्वासन प्रयासलाई अस्वीकार गरेको हो ।

भेनेजुएला आप्रवासीहरूलाई २४ घण्टाभित्र निर्वासनको सूचना दिनु संवैधानिक अधिकारको उल्लङ्घन भएको ठहर पनि अदालतले गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अदालतले निर्वासनको पूर्व सूचना र कानूनी चुनौतीको अवसर दिनु आवश्यक रहेको भनेको छ। यसअघि, एक भेनेजुएलाली नागरिक किलमार अब्रेको गार्सियालाई त्रुटिपूर्वक एल साल्भाडोर पठाइएको थियो ।

उनलाई फर्काउन नसकिएको उदाहरण दिँदै अदालतले सरकारको प्रक्रियाको आलोचना गरेको छ।

राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतको निर्णयलाई आलोचना गर्दै, ‘अपराधीहरूलाई देशबाट बाहिर पठाउन अनुमति दिँदैनन्’ भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन्।

प्रशासनले भनेको छ कि भेनेजुएला ग्याङ ‘ट्रेन डे अरागुआ’ लाई विदेशी आतंकवादी संगठनको रूपमा सूचीबद्ध गर्दै उनीहरूको निर्वासनलाई राष्ट्रिय सुरक्षाको आवश्यकता भएको दाबी गरेको छ।

अदालतले यो मामला ५ औं सर्किट कोर्ट अफ अपिल्समा फर्काउँदै निर्वासनको कानूनी प्रक्रिया र सूचना दिने तरिका निर्धारण गर्न भनेको छ। यसले आगामी दिनहरूमा अन्य संघीय अदालतहरूमा पनि समान मुद्दामा निर्णयको प्रभाव पार्ने सम्भावना छ।

अमेरिकी नागरिक स्वतन्त्रता संघ लगायतका मानवाधिकार समूहहरूले यस निर्णयलाई आप्रवासीहरूको कानूनी अधिकारको रक्षा गर्ने दिशामा महत्वपूर्ण कदमको रूपमा स्वागत गरेका छन्।

यद्यपि, यस मुद्दाको कानूनी लडाइँ अझै जारी रहनेछ र यसका दीर्घकालीन प्रभावहरू आउने समयमा स्पष्ट हुनेछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com