युक्रेनमा शान्ति कायम गर्न बेवास्ता गरेकोमा पुटिनले मुल्य चुकाउनु पर्छ : बेलायती प्रम


प्रकाशित मिति : जेष्ठ २, २०८२ शुक्रबार

Norway Britain

बेलायती प्रधानमन्त्री किर स्टार्मरले शुक्रबार अल्बानियामा युरोपेली राजनीतिकर्मीको बैठक अघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा शान्ति कायम गर्न बेवास्ता गरेकोमा मुल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

शान्ति प्रक्रियामा पुटिनको हिचकिचाउने र ढिलाइ गर्ने रणनीतिले युक्रेनमा भइरहेको हत्या र रक्तपात असहनीय अवस्थामा पुगेको बताउँदै स्टार्मरले शिखर सम्मेलन अघि विज्ञप्ति जारी गर्दै टर्कीमा युक्रेन र रूसबिच वार्ता हुने अपेक्षा गरिएको बताएका छन् ।

युरोपेली राजनीतिक समुदाय (इपिसी) ले युरोपेली सङ्घका सदस्य र अन्य देशका प्रतिनिधिबीच शुक्रबार अल्बानियाको राजधानी तिरानामा भेटवार्ता गर्दै छन् ।

युक्रेनमा द्वन्द्व अन्त्य गर्ने विषयमा छलफल गर्न रुसी र युक्रेनी प्रतिनिधिमण्डलहरू पनि इस्तानबुलमा वार्तामा छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपि पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्तामा भाग लिने स्पष्ट नभएकाले अमेरिकी विदेश मन्त्री मार्को रुबियोले उनीहरूले शान्ति चाहेकोमा शङ्का व्यक्त गरेका छन् ।

सन् २०२२ मा रूसले युक्रेनमा गरेको आक्रमणको प्रतिक्रियामा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको पहलमा इपिसीको स्थापना भएको थियो ।

पुटिनले बिहिबार इस्तानबुलमा अमेरिकाले आयोजना गरेको शान्ति वार्तामा भाग नलिए पछि आयोजित बैठकका सहभागीहरूले क्रेमलिनमाथि दबाब बढाउने छन् ।

बिना शर्त पूर्ण युद्धविराममा सहमति हुनु पर्ने बताउँदै स्टार्मरले अन्यथा पुटिनले गम्भिर मूल्य चुकाउनुपर्ने बताएका हुन् । रूसले युद्धविराम स्वीकार नगरे आगामी हप्तामा प्रतिबन्धको कारबाहीमा रूसी ऊर्जा केन्द्रीत लक्ष्य हुने लन्डनले जनाएको छ ।

यसैबीच, युरोपेली सङ्घ र बेलायतले विगत केही दिनमा रूसी तेल विरुद्ध नयाँ प्रतिबन्ध बुधबार अनुमोदन गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com