अमेरिका भित्र आक्रमणको योजना बनाएको आरोपमा पूर्व सैनिक पक्राउ


प्रकाशित मिति : बैशाख ३१, २०८२ बुधबार

अमेरिका भित्र आक्रमण योजना बनाएको आरोपमा पूर्व अमेरिकी सैनिकलाई पक्राउ गरिएको छ ।

मिशिगन आर्मी नेशनल गार्डका पूर्व सदस्यलाई अमेरिकाको मिशिगनस्थित सैनिक आधार शिविर मा सामूहिक गोलीकाण्ड गराउने योजना बनाएको आरोपमा पक्राउ गरिएको हो ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार १९ वर्षीय अम्मार अब्दुलमजिद मोहमद सईदलाई पक्राउ गरिएको हो।

न्याय मन्त्रालयका अनुसार सईदले इस्लामिक स्टेट आतंककारी संगठनको तर्फबाट हमला गर्ने योजना बनाएका थिए। प्रहरीका अनुसार उनलाई हमला गर्ने दिन नै शिविर नजिकैको क्षेत्रमा ड्रोन उडाउँदै गर्दा पक्राउ गरिएको हो।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

सईदले अमेरिकी सेनाको ट्याङ्क र हतियार आपूर्ति सञ्जाल नियन्त्रक निकाय मा हमला गर्ने योजना बनाएका थिए। यो डेट्रॉइटको उपनगरमा रहेको छ ।

संघीय अभियोजकहरूका अनुसार सईदले आफूसँग रहेको राइफल चलाउने तालिम, मोलोटोभ ककटेल बनाउने तरिका, र बख्तरबंद भेध्न सक्ने गोली र म्यागजिनसमेत प्रयोग गरि हमला गर्न चाहेको बताएका छन्।

विदेशी आतंकवादी संगठनलाई सहयोग पुर्याउने प्रयास, र विनाशकारी उपकरणको विवरण बाँड्ने आरोपमा उनीमाथि अभियोग लगाइएको छ। अदालतको कागजात अनुसार, सईदको तर्फबाट हालसम्म कुनै कानुनी वकिलको नाम सार्वजनिक गरिएको छैन।

सईदले मिशिगन नेशनल गार्डमा दुई वर्ष सेवा गरेका थिए । तर डिसेम्बर २०२३ मा प्रारम्भिक तालिम पूरा नगरेको कारण निष्कासित गरिएको थियो।

मिशिगन नेशनल गार्डका प्रवक्ताले कानुन र आन्तरिक नीतिअनुसार कारबाही गर्ने बताएका छन । अदालतमा पेस गरिएको एफबीआईको मुद्धामा सईदले महिनौंसम्म एफबीआईका अन्डरकभर एजेन्टहरूलाई आईएसआईएस समर्थक ठानी संवाद गर्दै आक्रमणको योजना बनाएका उल्लेख गरिएको छ ।

नोभेम्बर २०२३ मा उनले आर्मी बेसमा ड्रोन उडाएर प्रवेशद्वार, गाडीहरू र निस्कने बाटोको निगरानी गरेका थिए।

सईदले आक्रमणको लागि हतियार राख्न शिविर छेउको गोदाम भाडामा लिने योजना बनाएको पनि खुलाइएको छ। उनी राइफल चलाउन नेशनल गार्डमा हुँदा सिकेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com