युक्रेन-रूस वार्ता : पुटिनलाई युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्तामा आउन जेलेन्स्कीको चुनौती


प्रकाशित मिति : बैशाख ३०, २०८२ मंगलबार

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्तामा आउन चुनौती दिएका छन्। मंगलबार उनले भने, ‘पुटिन मसँग आमनेसामने भेट्न डराउँछन्।’ बिहीबार इस्तानबुलमा हुने प्रस्तावित वार्तामा पुतिन उपस्थित भएमात्र आफू सहभागी हुने जेलेन्स्कीको अडान छ।

क्रेमलिनले पुटिनको सहभागिताबारे अझै पुष्टि गरेको छैन। यो वार्ता दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा घातक द्वन्द्वको तीन वर्षभन्दा बढी समयपछि शान्तिको प्रयासमा केन्द्रित छ। सन् २०२२ मा रूसको पूर्ण आक्रमणपछि सुरु भएको युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा शान्ति पहल तीव्र बनेको छ। ट्रम्पले आफ्ना वरिष्ठ दूतहरू स्टिभ विटकफ र किथ केलगलाई वार्तामा पठाउँदैछन् र आफू पनि सहभागी हुन सक्ने बताएका छन्।

जेलेन्स्कीले युद्ध अन्त्यको पहिलो कदमको रूपमा बिना शर्त ३० दिनको युद्धविराम आवश्यक रहेको बताए। ‘रूसमा सबै कुरा पुटिनमा निर्भर छ। यदि उनले युद्धविरामको घोषणा गरे, युद्ध अन्त्यका सबै विषयमा छलफलको बाटो खुल्छ’, उनले भने।

आइतबार पुटिनले युक्रेनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव राखे, तर युक्रेनको युद्धविराम प्रस्तावलाई बेवास्ता गरे। ट्रम्पले जेलेन्स्कीलाई पुतिनको प्रस्ताव स्वीकार गर्न सार्वजनिक रूपमा आग्रह गरेका थिए। जेलेन्स्कीले जवाफमा बिहीबार इस्तानबुलमा पुतिनको प्रतीक्षा गर्ने बताए, यद्यपि पुतिनले यात्रा गर्ने संकेत दिएका छैनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक वरिष्ठ अमेरिकी अधिकारीले रूसी सरकारबाट कोही उपस्थित हुने निश्चित नभएको बताए। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘राष्ट्रपतिले उपयुक्त ठानेपछि हामी घोषणा गर्नेछौं।’

युक्रेनले वार्ताको लागि तयार रहे पनि पहिला युद्धविराम हुनुपर्ने अडान राखेको छ, जुन युरोपेली सहयोगीहरूले समर्थन गरेका छन्। जेलेन्स्कीका चिफ अफ स्टाफ आन्द्रिय यर्माकले पनि यही कुरा दोहोर्याए।

रूसका उपविदेशमन्त्री सर्गेई रियाब्कोभले मस्को गम्भीर वार्ताका लागि तयार रहेको तर कीभको वार्ता क्षमतामाथि शंका व्यक्त गरे। उनले रूसी कब्जामा रहेको युक्रेनी भूभागलाई रूसको ‘नयाँ भूभाग’ भन्दै त्यसलाई मान्यता दिनुपर्ने बताए।

अमेरिकाले रूससँग स्थल, वायु, समुद्र र महत्वपूर्ण पूर्वाधारमा ३० दिनको युद्धविराम चाहेको छ। युरोपेली राष्ट्रहरूले रूसले युद्धविराम अस्वीकार गरे थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com