कतारबाट विमान उपहार लिने योजनाको ट्रम्पले गरे बचाउ, डेमोक्र्याटको बिरोध


प्रकाशित मिति : बैशाख २९, २०८२ सोमबार

President Donald Trump speaks as he signs executive orders in the Oval Office of the White House Wednesday, April 9, 2025, in Washington. (Pool via AP)

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारबाट एयर फोर्स वनका लागि लग्जरी जम्बो जेट लिन लागेको योजनाको बचाउ गरेका छन ।

कतारबाट अमेरिकालाई एयर फोर्स वन राष्ट्रपतीय विमानका रूपमा प्रयोग गर्न दिइने एक लग्जरी जम्बो जेट स्वीकार्ने योजना प्रति आलोचना भइरहेका बेला ट्रम्पले प्रतिक्रिया दिएका हुन।

‘उनीहरूले हामीलाई उपहार दिँदै छन्,’ सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, त्यो स्वीकार नगर्ने हो भने म मूर्ख हुनेछु।’

यद्यपि कतारी प्रवक्ताले यसलाई उपहार भन्नु ‘गलत’हुने बताएका छन्। उनका अनुसार उक्त विमानको ‘अस्थायी प्रयोग’का लागि स्थानान्तरणबारे दुबै देशबीच छलफल भइरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प आफ्नो दोस्रो कार्यकालको पहिलो ठूलो विदेश भ्रमणको क्रममा यसै साता कतार जान लागेका बेला आएको हो।

‘हामीले सुरक्षाको मामिलामा वर्षौंदेखि उनीहरूलाई धेरै सहयोग गरेका छौं,’ ट्रम्पले भने, ‘म कतारको नेतृत्वप्रति धेरै सम्मान गर्छु।’

उनले थपे, बोइङ कम्पनीबाट दुई नयाँ विमान आउन बाँकी रहँदा कतारले बोइङ जेट उपलब्ध गराउनु “एक राम्रो संकेत” हुने बताए।
डेमोक्र्याट सांसदहरुले यो विमानको सम्भावित मूल्य र प्रक्रियाले कानुनी तथा नैतिक प्रश्नहरू उठाएका छन ।

अमेरिकी संविधानमा रहेको ‘इमोलुमेन्ट्स क्लज’ अनुसार, कुनै निर्वाचित अधिकारीले विदेशी सरकारका नेताबाट कांग्रेसको स्वीकृति बिना ूकुनै पनि किसिमको उपहारू स्वीकार गर्न सक्दैन।

क्यालिफोर्नियाका सिनेटर एडम शिफले सामाजिक सञ्जालमा सोही संवैधानिक खण्ड उद्धृत गर्दै ट्रम्पको योजना प्रति आपत्ति जनाएका छन ।

सांसद रिची टोरेसले अमेरिकी सरकारको लेखा परीक्षण कार्यालयलाई अनुसन्धान गर्न आह्वान गर्दै यो विमान “विदेशी सरकारबाट अमेरिकी राष्ट्रपतिलाई दिइएको अहिलेसम्मकै सबैभन्दा मूल्यवान उपहार” हुन सक्ने बताए।

ट्रम्प समर्थक भए पनि विवादास्पद दक्षिणपन्थी प्रभावशाली व्यक्ति लौरा लूमरले समेत विमान स्वीकृति प्रति आलोचना गर्दै भनिन्, “म राष्ट्रपति ट्रम्पका लागि गोलीसमेत खान तयार छु, तर यो निर्णय प्रशासनमा ठूलो दाग बन्न सक्छ।”

कतारले प्रस्ताव गरेको विमान भने बोइङ ७४७-८ मोडेलको नयाँ संस्करण हो । यो उड्ने दरबारू जस्तो गरी बनाइएको बताइएको छ। यसको मूल्य करिब ४०० मिलियन डलर छ।

तर यो विमान तुरुन्तै प्रयोगमा ल्याउन भने मिल्दैन । किनभने यसलाई राष्ट्रपतीय सुरक्षाका लागि पुनः निर्माण र प्रमाणिकरण आवश्यक पर्छ ।
कतारसँग ट्रम्पको लामो समयदेखि सकारात्मक सम्बन्ध रहँदै आएको छ। कतारले अघिल्ला वर्षहरूमा टर्की लगायत अन्य देशहरूलाई पनि निजी जेट उपहार दिइसकेको छ।

ट्रम्प र कतारबीचको यो पहिलो सम्झौता पनि होइन। केही हप्ताअघि मात्र ट्रम्पको कम्पनीले कतारमा लग्जरी गल्फ रिसोर्ट बनाउने सम्झौता गरेको थियो । उनी पुनः राष्ट्रपति बनेयता पहिलो विदेशी व्यावसायिक सम्झौता पनि यो हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com