उत्तर कोरियामा प्रतिबन्ध सुरु गर्न सहमति


प्रकाशित मिति : भाद्र २६, २०७३ आईतबार

उत्तर कोरियालाई पुनःएक पटक शृङ्खलबद्धरुपमा प्रतिबन्ध लगाउने कार्य सुरु गर्न संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद् सहमत भएको छ। उत्तर कोरियाले गत शुक्रबार गरेको पाँचौँ पारमाणविक बम परीक्षणपछि अन्तर्राष्ट्रिय जगतले गरेको निन्दापछि सुरक्षा परिषद् सो सहमतिमा पुगेको हो।

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा शुक्रबार भएका गोप्य छलफलमा उत्तर कोरियाले शुक्रबार गरेको पारमाणविक बम परीक्षणको कडा शब्दको निन्दा गरेको छ। साथै संयुक्त राष्ट्र सङ्घको बडापत्रको ४१औँ धारा अन्तरगतरहेर नयाँ प्रस्तावको नमूना तयार गर्ने विषयमा सहमत भएको छ।

दक्षिणी कोरिया, संयुक्त राज्य अमेरिका, जापान, रसिया, चीनले उत्तर कोरिया शुक्रबार गरेको शक्तिशाली पारमाणविक बम परीक्षणको कडा शब्दको निन्दा गरेको छ। लाओसको औपचारिक भ्रमणमा रहनुभएका दक्षिण कोरियाका राष्ट्रपति पार्क गेयुन हाईले यस परीक्षणको कडा शब्दमा निन्दा गरेकी छन्।

लाओसको राजधानी भिएनटिएनमा पूर्वी एसियाली राष्ट्रहरुको शिखर सम्मेलन (इएएस) मा भाग लिने क्रममा त्यहाँ रहेकी पार्कले यसै वर्षभित्र उत्तर कोरियाले गरेको यो दोस्रो पटकको पारमाणविक बम परीक्षण गरेको बताएकी थिइन्। उत्तर कोरियाले संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्का संकल्प प्रस्तावको बारम्बार अवहेलना र उल्लङ्घन गर्दै अन्तर्राष्ट्रिय जगतलाई सशक्त चुनौति दिइरहेको पनि राष्ट्रपति पार्कले आरोप लगाएकी छिन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उत्तर कोरियाले पुङग्येरीस्थित आफ्नो प्रमुख परीक्षण केन्द्रबाट शुक्रबार बिहान गरेको पारमाणविक शक्ति परीक्षण अत्यन्त शक्तिशाली भएको र यसपछि ५.३ रिक्टर स्केलका कृत्रिम भूकम्पको महसूस गरिएको थियो। उत्तर कोरियाले यसअघि सन् २००६, २००९, २०१३ र यसै वर्षको जनवरीमा गरी चारवटा शक्तिशाली परमाणु बम परीक्षण गरिसकेको छ।

उत्तर कोरियाले गत सोमबार पनि आफ्नो पूर्वीसामुन्द्रिक तट बाहिर तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी परीक्षण गरेको थियो। उत्तर कोरियाको ह्वाङ्जु ग्रामीणक्षेत्रबाट जापानी सागर (सिअफ जापान)मा लगातार उक्त तीनवटै शक्तिशाली क्षेप्यास्त्र प्रहार गरी परीक्षण गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयका प्रवक्ताले बताएका थिए। दुई हप्ता जति अघि अर्थात् अगस्ट २४ का दिन उत्तर कोरियाले पनडुब्बी जहाजबाट प्रहार गर्न सकिने ५०० किलो मिटर प्रहार क्षमता दूरी भएको क्षेप्यास्त्र यसैगरी परीक्षण गरेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com