आइपिएल एक हप्ताका लागि स्थगित (अपडेट)
प्रकाशित मिति : बैशाख २६, २०८२ शुक्रबार
Fans gather outside Atal Bihari Vajpayee Ekana Cricket Stadium after organizers suspended the Indian Premier League for one week following the escalating military tensions with Pakistan, in Lucknow, India, Friday, May 9, 2025. (AP Photo)
क्रिकेटको सबैभन्दा धनी प्रतियोगिता भारतीय प्रिमियर लिग (आइपिएल) शुक्रबार नयाँदिल्ली र पाकिस्तानबीचको द्वन्द्वका कारण एक हप्ताका लागि स्थगित गरिएको छ ।
“प्रतियोगिताको नयाँ तालिका र स्थानहरू बारे थप अपडेटहरू उचित समयमा घोषणा गरिनेछ”, भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) का मानार्थ सचिव देवजित सैकियाले एक वक्तव्यमा भने, “क्रिकेट राष्ट्रिय उत्साह भए तापनि, हाम्रो देशको सार्वभौमसत्ता, अखण्डता र सुरक्षाभन्दा महत्त्वपूर्ण अरू केही छैन ।”
अधिकारीहरूले बिहीबार धर्मशालामा एउटा खेल रद्द भएपछि टी २० प्रतियोगिता रोकेका थिए । धर्मशाला उत्तरी सहर जम्मूबाट दुई सय किलोमिटर (१२५ माइल) भन्दा कम दूरीमा छ । जम्मूमा केहीघण्टा अघि विस्फोटहरू भएको खबर आएको थियो ।
शुक्रबार आणविक–सशस्त्र यी दुई छिमेकी बीचको लडाइँको तेस्रो दिनमा भारतले रातभरि पाकिस्तानी ड्रोन र तोपखाना आक्रमणलाई परास्त पारेको बताएको छ ।






