यमनबाट प्रक्षेपित मिसाइल इजरायलको विमानस्थल क्षेत्रमा खस्यो, २ जना घाइते


प्रकाशित मिति : बैशाख २१, २०८२ आईतबार

Israeli emergency services clear a road outside Israel’s Ben Gurion airport after a missile launched from Yemen struck near the facility on May 4, 2025. A missile launched from Yemen struck near Israel’s main international airport on May 4, Israeli authorities said, an attack that briefly halted air traffic and triggered threats of retaliation. (Photo by Jack GUEZ / AFP)

यमनस्थित हूती समूहद्वारा प्रक्षेपण गरिएको एक मिसाइल आइतबार इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रमा खस्दा दुई जना घाइते भएको र केही क्षति भएको इजरायली सेना तथा स्थानीय निकायहरूले जानकारी दिएका छन्।

इजरायलको आपतकालीन सेवा ‘मगेन डेविड अदोम’ का अनुसार विस्फोटका कारण दुईजना व्यक्तिहरू घाइते भएका छन् भने अर्का एकजना आश्रयतर्फ दौडने क्रममा सामान्य चोटपटक लागेका छन्।

इजरायली सेनाका एक प्रवक्ताका अनुसार हवाई प्रतिरक्षा प्रणालीले मिसाइल अवरोध गर्न प्रयास गरे तापनि त्यसमा सफलता प्राप्त हुन सकेन। मिसाइल विमानस्थल क्षेत्रमै खसेको पुष्टि गरिएको छ।

सामाजिक सञ्जालमा देखिएको दृश्यहरूमा विमानस्थलको मुख्य टर्मिनलतर्फ जाने सडकमा मिसाइल खसेपछि कालो धुवाँ उडिरहेको देखिन्छ। केही रिपोर्टहरूमा मिसाइलले ठूलो खाल्डो बनाएको उल्लेख गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इजरायल विमानस्थल प्राधिकरणले सबै उडानहरू अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ, तर चाँडै पुनः सञ्चालन गरिने जनाएको छ। सोही क्रममा विमानस्थलतर्फ जाने रेल सेवा पनि केही समयका लागि स्थगित गरिएको छ।

सुरक्षाको दृष्टिले, प्रहरीले विमानस्थल क्षेत्रतर्फको पहुँच केही समयका लागि बन्द गरेको छ।

हालका दिनहरूमा यमेनमा अमेरिकी हवाई आक्रमणहरू जारी रहेसँगै हूती समूहद्वारा मिसाइल र ड्रोन आक्रमणहरूमा वृद्धि भएको देखिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com