किन रूस जाँदै छन् चिनियाँ राष्ट्रपति सी जिनपिङ ?
प्रकाशित मिति : बैशाख २१, २०८२ आईतबार
(230918) — BEIJING, Sept. 18, 2023 (Xinhua) — Chinese President Xi Jinping, also general secretary of the Communist Party of China Central Committee and chairman of the Central Military Commission, greets the delegates while attending the eighth national congress of the China Disabled Persons’ Federation at the Great Hall of the People in Beijing, capital of China, Sept. 18, 2023. China Disabled Persons’ Federation opened its eighth national congress in Beijing on Monday. (Xinhua/Pang Xinglei)
चिनियाँ राष्ट्रपति सी जिनपिङ जर्मनीसँगको युद्धमा रूसले प्राप्त गरेको विजयको ८० औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन आगामी मे ७ देखि १० सम्म रूसको भ्रमण गर्ने क्रेमलिनले आइतबार जनाएको छ ।
रुसी राष्ट्रपतिको कार्यालयका अनुसार भ्रमणका क्रममा सीले पुटिनसँग ‘साझेदारी र रणनीतिक सम्बन्ध विकास’ तथा ‘अन्तर्राष्ट्रिय तथा क्षेत्रीय एजेन्डाका विषयमा’ द्विपक्षीय वार्ता गर्ने जनाएको छ ।
रुसी राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “दुई देशका राष्ट्रप्रमुख र सरकारका मन्त्रीहरू सहभागी हुने भ्रमणको सिलसिलामा द्विपक्षीय दस्ताबेजहरूको शृङ्खलामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।”
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मे ९ मा रुसले आयोजना गरेको दोस्रो विश्वयुद्धमा जर्मनीमाथिको युद्धमा विजय प्राप्त गरेको उपलक्ष्यमा युक्रेनमा जारी युद्धमा तीन दिने युद्ध विरामको आदेश दिएका छन् ।
चीनले तीन वर्षे युद्धमा आफूलाई तटस्थ पक्षका रूपमा चित्रित गरेको छ यद्यपि पश्चिमा सरकारहरूले रुससँगको घनिष्ठ सम्बन्धले मस्कोलाई महत्त्वपूर्ण आर्थिक र कूटनीतिक सहयोग दिएको बताएका छन् ।






