अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना,एकजनाको मृत्यु
प्रकाशित मिति : बैशाख २०, २०८२ शनिबार
अमेरिकाको क्यालिफोर्नियामा भएको विमान दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा २ घरमा क्षति पुगेको छ । क्यालिफोर्नियाको सिमी भ्यालीमा सानो विमान दुर्घटना भएको हो ।
शनिबार दिउँसो क्यालिफोर्नियाको सिमी भ्यालीमा घरमै निर्माण गरिएको सानो किट विमान दुर्घटना भएको हो । दुर्घटनापछि दुई घरमा क्षति पुगेको र आगलागी भएको अधिकारीहरूले बताएका छन् ।
संघीय उड्डयन प्रशासन का अनुसार अपरिचित पाइलटसहितको सानो विमान दिउँसो करिब २ बजे हाई मिडो स्ट्रिट र उड र्यान्च पार्कवे नजिक दुर्घटनामा परेको हो ।
वेन्टुरा काउन्टी दमकल विभागका प्रवक्ता एन्ड्र्यू डाउडका अनुसार पाइलटको घटनास्थलमै मृत्यु भएको हो । उनी विमानमा एक्लै थिए।
दमकल विभागले घटनास्थलमा करिब ४० जना दमकलकर्मी पठाएर आगो निभाएको जनाएको छ । दुर्घटनाका बेला दुईवटा घरभित्र मानिसहरू थिए । तर उनीहरूलाई कुनै चोटपटक नलागेको डाउडले बताए।
दुर्घटनास्थलको ठिक अगाडि बस्ने शेल्बी जोइसले उनी र उनकी आमा टेलिभिजन हेर्दै गरेको बेला आकस्मिक रूपमा हेलिकप्टरजस्तै आवाज सुनिएको बताइन ।
अचानक ठूलो आवाज आयो, अनि घर हल्लियो । हामीलाई त हाम्रो घरमै केही ठोक्किएको जस्तो लागेको थियो उनले भनिन्। त्यसपछि उनले ठूलो आगोको गोलो र कालो धुवाँको मुस्लो देखिएको बताइन्।
विमान क्यामरइयालो तर्फ जाँदै थियो। राष्ट्रिय यातायात सुरक्षा बोर्डले यस दुर्घटनाको अनुसन्धान गर्नेछ बताएको छ ।
सिमी भ्याली, लस एन्जलस शहरको करिब ४० माइल उत्तर पश्चिममा अवस्थित छ। अमेरिकामा पछिल्ला दिनमा साना र ठुला विमान दुर्घटनाको संख्या बढेको देखिएको छ ।






