क्याथोलिक समुदायको निशानामा परे राष्ट्रपति ट्रम्प, कारण यस्तो रहेछ


प्रकाशित मिति : बैशाख २०, २०८२ शनिबार

फोटो : ड्यानियल टोरोक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पोपको मृत्युको सन्दर्भमा एआई चित्र पोस्ट गरेपछि क्याथोलिक समुदायको आलोचनामा परेका छन ।

राष्ट्रपति ट्रम्पले आफैंलाई पोपको रूपमा देखाइएको एआई निर्मित तस्बिर सामाजिक सञ्जालमा सेयर गरेपछि केही क्याथोलिकहरूले उनको आलोचना गरेका हुन ।

यो तस्बिर ह्वाइट हाउसको आधिकारिक सामाजिक सञ्जाल एकाउण्टबाट शुक्रबार साझँ सेयर गरिएको हो ।

क्याथोलिक समुदाय भने पोप फ्रान्सिसको २१ अप्रिलमा भएको निधनप्रति शोकमा डुबिरहेको छ । उक्त समुदायले नयाँ पोप चयनको तयारी गर्दैछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यूयोर्क राज्य क्याथोलिक सम्मेलनले ट्रम्पमाथि विश्वासको उपहास गरेको आरोप लगाएको छ । केही दिनअघि मात्र ट्रम्पले पत्रकारहरूसँग हाँस्दै आफु ‘पोप’ बन्न चाहेको बताएका थिए ।

ट्रम्प एक्ला अमेरिकी राष्ट्रपति भने होइनन् जसले क्याथोलिक धर्मको उपहास गरेको आरोप खेपेका छन । पूर्व राष्ट्रपति जो बाइडेनले एक वर्ष अघि फ्लोरिडाको टाम्पामा आयोजित गर्भपतन अधिकारसम्बन्धी र्यालीमा क्रसको संकेत गरेपछि व्यापक विवाद भएको थियो ।

ट्रम्पद्वारा पोस्ट गरिएको तस्बिरमा उनलाई सेतो कासक र पोपले लगाउने टुप्पीदार मिटर लगाएको देखिन्छ । उनको घाँटीमा ठूलो क्रस देखिन्छ । उनले औँला उठाएर गम्भीर मुद्रामा उभिएको देखिन्छ।

न्यूयोर्कका बिशपहरूको प्रतिनिधित्व गर्ने न्यूयोर्क राज्य क्याथोलिक सम्मेलनले एक्समा लेख्दै ‘यो तस्बिरमा केही पनि रमाइलो वा बौद्धिक छैन, राष्ट्रपति महोदय’ भनेर आलोचना गरेको छ ।

‘प्रिय पोप फ्रान्सिसलाई भर्खरै अन्त्येष्टि दिएका छौँ र कार्डिनलहरू नयाँ पोप चयनका लागि गम्भीर सत्रमा प्रवेश गर्न लागिरहेका छन् । यस्तो बेलामा कृपया हामीमाथि उपहास नगर्नुहोस्’ भनेर सम्मेलनले भनेको छ ।

इटलीका पूर्व प्रधानमन्त्री माटेओ रेनजिले पनि ट्रम्पको पोस्टको आलोचना गरेका छन । तर ह्वाइट हाउसले भने ट्रम्पले पोप वा क्याथोलिक धर्मको अपमान गरेको दाबीलाई अस्वीकार गरेको छ ।

राष्ट्रपति ट्रम्प पोप फ्रान्सिसप्रति श्रद्धाञ्जली दिन र अन्त्येष्टिमा सहभागी हुन इटाली पुगेका थिए । प्रेस सचिव क्यारोलिन लेविटले ट्रम्प सधैं क्याथोलिकहरू र धार्मिक स्वतन्त्रताको पक्षमा दृढ रूपमा उभिएका व्यक्ति भएको बताएकी छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com