उमेर नपुगेका किशोरसँग यौन सम्पर्क राखेको आरोपमा महिला पक्राउ
प्रकाशित मिति : बैशाख १९, २०८२ शुक्रबार
अमेरिकामा २० वर्षीया महिलालाई उमेर नपुगेका किशोरसँग यौन सम्पर्क राखेको आरोपमा पक्राउ गरिएको छ ।
फ्लोरिडाकी २० वर्षीया आयला गोन्जालेज सालीनासलाई किशोरसँग यौन सम्पर्क राखेको आरोपमा पक्राउ गरिएको हो ।
एउटा अन्त्येष्टिमा भेट भएको वयस्क नभएको किशोरसँग यौन सम्पर्क राखेको आरोप सालीनासलाई लागेको छ ।
प्लाम वीच कन्ट्री सेरिफ कार्यालयका अनुसार सालीनासमाथि १२ देखि १६ वर्ष उमेर समूहको एकजना किशोरसँग पटक–पटक यौन सम्बन्ध राखेको सातवटा अभियोग लगाइएको छ । केटाको ठ्याक्कै उमेर भने प्रतिवेदनमा गोप्य राखिएको छ ।
सालीनासले गत नोभेम्बरमा एक अन्त्येष्टिमा उक्त केटासँग भेट गरेकी थिइन् । त्यसपछि उनीहरूले सामाजिक सञ्जालमार्फत सम्पर्क बढाएको बताइएको छ ।
प्रहरीको भनाइ अनुसार सम्पर्कपछि उनीहरू डिसेम्बरमा भेटिए र यौन सम्पर्कमा पनि पुगे ।
प्रहरीलाई यो विषयको जानकारी जनवरीमा प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको थियो ।
कार्यालयका अनुसार अनुसन्धानमा दुवैले सन्देशमार्फत आफ्नो कथा मिलाउने बारे कुराकानी गरेको खुलेको छ।
प्रतिवेदनअनुसार किशोरले आफूले नै यौन सम्पर्क सुरु गरेको भनेर भन्न सहमति जनाएको देखिएको छ ।
सालीनासलाई अप्रिलमा पक्राउ गरिएको थियो । उनीलाई प्लाम वीच कन्द«ी जेलमा राखिएको थियो । उनलाइ अहिले धरौटीमा रिहा गरिएको छ ।






