ट्रम्पको विरोध गरेर चुनाव जितेका क्यानडाका प्रधानमन्त्री कार्नी अमेरिका जाँदै
प्रकाशित मिति : बैशाख १९, २०८२ शुक्रबार
क्यानाडाका नयाँ प्रधानमन्त्री मार्क कार्नी मंगलबार ह्वाइट हाउस जाँदै छन् । निर्वाचनपछिको एक साता नबित्दै अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट गर्न कार्नी ह्वाइट हाउस जान लागेका हुन ।
दुवै देशबीचको सम्बन्ध हाल तनावपूर्ण अवस्थामा छ । मुख्यतः ट्रम्पद्वारा लगाइएका ट्यारिफ र क्यानाडालाई अमेरिकी राज्य बनाउने ट्रम्पको भनाइका कारण दुबै देशको सम्वन्धमा चिसोपना आएको हो ।
तत्कालीन ट्यारिफसम्बन्धी विषय र दीर्घकालीन सम्बन्ध सुधार जस्ता विषयमा अमेरिकासंग वार्ता हुने कार्नीले बताएका छन । अमेरिकासँग क्यानाडाको हितका लागि सबैभन्दा राम्रो सम्झौता गर्न लड्नेछ’ उनले भनेका छन ।
चुनावी अभियानभर कार्नीले ट्रम्पको ट्यारिफ योजनाको विरोध गर्दै क्यानाडालाई ५१ औं अमेरिकी राज्य बनाउने धम्कीको कडा प्रतिवाद गरेका थिए ।
उनले विश्वका अन्य नेताहरूसँग भएका हालसालैका संवादहरू उल्लेख गर्दै, भरपर्दो साझेदारहरूसँग सम्बन्ध अझ सुदृढ बनाउने प्रतिवद्धता पनि जनाएका छन ।
चुनावले क्यानाडामा क्षेत्रीय, जनसांख्यिकीय र राजनीतिक विभाजनहरू उजागर गरेको छ ।
जनताले ट्रम्पप्रति कडा प्रतिक्रिया चाहेका छन् । तर त्यस्तै गरी महँगी कम गर्न र आफ्नो समुदाय सुरक्षित बनोस् भन्ने चाहना पनि देखाएका छन्, उनले भनेका छन ।
कन्जरभेटीभ नेता पिअर पोएलिभरको नेतृत्वमा विपक्षी दलले महँगी र अपराधविरुद्ध जोड दिएको थियो । यद्यपि पोएलिभर आफैं आफ्नो निर्वाचन क्षेत्रमा पराजित भए ।
कार्नीले भने, यदि कन्जरभेटीभ दल चाहन्छ भने म पोएलिभरका लागि विशेष चुनाव गर्न तयार छु । कुनै राजनीतिक खेल होइन प्रधानमन्त्री कार्नीले स्पष्ट पारेका छन ।
शुक्रबार, अल्बर्टाबाट निर्वाचित एक सांसदले पोएलिभरलाई चुनाव लड्न ठाउँ खाली गर्ने घोषणा गरेका थिए । पोएलिभरले उक्त क्षेत्रबाट उम्मेदवारी दिने पुष्टि गरेका छन् ।
सोमबार सम्पन्न निर्वाचनमा लिबरल पार्टीले ३४३ सदस्यीय संसदमा १६८ सिट जित्यो । जुन अल्पमत सरकार बनाउन पर्याप्त भए पनि बहुमतका लागि आवश्यक १७२ सिटभन्दा कम हो।






