अमेरिकी हार्वर्ड विश्वविद्यालयमा यहूदी र मुस्लिममाथि पूर्वाग्रह राख्ने गरिएको प्रतिवेदन सार्वजनिक


प्रकाशित मिति : बैशाख १६, २०८२ मंगलबार

हार्वर्ड विश्वविद्यालयमा यहूदी र मुस्लिमविरुद्ध पूर्वाग्रह भएको भन्दै रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्ट सार्वजनिक भएपछि विश्वविद्यालयका प्रमुख एलन गार्बरले माफी मागेका छन ।

अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हर्वार्डमा यहूदी र मुस्लिम समुदायप्रति देखिएको पूर्वाग्रहसम्बन्धी आन्तरिक रिपोर्टहरू सार्वजनिक भएपछि विश्वविद्यालयका अध्यक्ष एलन गार्बरले माफी मागेका हुन ।

यी रिपोर्टमा विद्यार्थीहरूले आफूहरु विश्वविद्यालयभित्र अलग्गिएको, अपमानित भएको र आफ्नो पहिचान लुकाउन दबाब महसुस गर्नुपरेको अनुभव साझा गरेका छन् ।

रिपोर्ट सार्वजनिक भएपछि हार्वर्डले आफ्नो शैक्षिक कार्यक्रम र भर्ना नीतिको पुनरावलोकन गर्ने घोषणा गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जुन व्हाइट हाउसको एक प्रमुख माग पनि हो । ट्रम्प प्रशासनले हर्वार्डमाथि क्याम्पसमा यहूदीविरोधी घटनाहरू नियन्त्रण गर्न असफल भएको आरोप लगाएको छ।

पछिल्लो वर्ष इजरायल–गाजा युद्धका क्रममा भएको प्रदर्शनपछि विश्वविद्यालयमा पूर्वाग्रहसम्बन्धी अनुसन्धान गर्न दुई वटा टास्कफोर्स गठन गरिएको थियो।

समुदायप्रति राखिएको उच्च अपेक्षालाई पूरा गर्न नसकेका केही क्षणहरूका लागि म माफी चाहन्छु अध्यक्ष गार्बरले मंगलबार सार्वजनिक गरिएको रिपोर्टसँगै एक पत्रमा लेखेका छन ।

७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायलमाथि गरिएको आक्रमण र त्यसपछि गाजामाथि इजरायली बमबारीका कारण हर्वार्डको क्याम्पसमा लामो समयदेखि थामिएको तनाव सतहमा आयो उनले भनेका छन ।

क्याम्पसका सदस्यहरूले आफ्नो पहिचानका आधारमा आफूलाई लक्षित गरिएको र टाढा पारिएको महसुस भएको घटनाहरू रिपोर्ट गरेका छन् । हार्वर्ड कुनै किसिमको घृणा र पूर्वाग्रहलाई स्वीकार गर्न सक्दैन –र गर्नेछैन उनले प्रष्ट रुपमा भनेका छन ।

हार्वर्डले संघीय सरकारविरुद्ध मुद्दा दायर गरेको छ । विश्वविद्यालयले सरकारी कदमले आफ्नो संवैधानिक अधिकार उल्लंघन गरेको र सरकारी अनुदानलाई शैक्षिक स्वतन्त्रतामाथि नियन्त्रण गर्न हतियारको रूपमा प्रयोग गरिएको आरोप लगाएको छ।

सरकारको कदमले २ बिलियन डलरभन्दा बढीको शैक्षिक अनुदान स्थगित गराइएको पनि हार्वर्डले जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com