अमेरिकी होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमको पर्स चोरी गर्ने व्यक्ति पक्राउ


प्रकाशित मिति : बैशाख १४, २०८२ आईतबार

अमेरिकी होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमको पर्स चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । इस्टर आइतबारमा वासिङ्टन डीसीको एक रेस्टुरेन्टमा परिवारसँग खाना खाने क्रममा उनको पर्स चोरी भएको थियो । पर्स चोरीको घटनामा सिक्रेट सर्भिसले एक जनालाई पक्राउ गरेको नोएमले आइतबार बताएकी छिन् ।

नोएमले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै सिक्रेट सर्भिस, आइस र अन्य कानुन प्रवर्तन निकायहरूलाई धन्यवाद दिँदै भनेकी छन्, ‘इस्टर आइतबारमा मेरो परिवारसँग खाना खाँदा मेरो झोला चोरेको अपराधीलाई पत्ता लगाएर पक्राउ गरेकोमा सिक्रेट सर्भिस र हाम्रा कानुन प्रवर्तन साझेदारहरूलाई धन्यवाद।’

प्रहरीका अनुसार, मास्क लगाएको एक पुरुषले नोएमको पर्स चोरेको थियो । जसमा ३००० डलर नगद, डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको पहुँच कार्ड, पासपोर्ट, मेकअप झोला, अपार्टमेन्टको साँचो र अन्य सामानहरू थिए। नोएमका अनुसार, पक्राउ परेको व्यक्ति एक ‘क्यारियर अपराधी’ हुन्, जो वर्षौँदेखि अमेरिकामा गैर कानुनी रूपमा बस्दै आएका थिए ।

‘यस देशमा धेरै परिवारहरू अपराधको सिकार भएका छन्। त्यसैले राष्ट्रपति ट्रम्प हरेक दिन अमेरिकालाई सुरक्षित बनाउन र यस्ता अपराधीहरूलाई सडकबाट हटाउन काम गरिरहेका छन्’, नोएमले भनेकी छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुलिएल्मीले शनिबार एक्समा पोस्ट गर्दै भने, ‘हाम्रा एजेन्ट र अधिकारीहरूको सुरक्षाको लागि, हामी अहिले यो विषयमा टिप्पणी गर्न सक्दैनौँ। यदि फौजदारी आरोप दायर भएमा, डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले स्थापित प्रक्रियाअनुसार जानकारी सार्वजनिक गर्नेछौँ ।’

नोएमले एक अन्तर्वार्तामा यो चोरी ‘पेशेवर रूपमा गरिएको’ जस्तो लागेको बताइन्। ‘पर्स मेरो खुट्टाको छेउमा थियो। चोरले खुट्टाले हुक गरेर केही कदम टाढा तानेर कोटले ढाक्यो र लियो’, उनले भनिन्। उनले आफू सेक्रेटरी भएकाले निशाना बनाइएको हो कि होइन भन्ने निश्चित नभएको बताइन्।

‘म चार वर्षमुनिका चार नातिनातिनाहरूसँग व्यस्त हजुरआमा थिएँ। म तिनीहरूलाई खाना खुवाउँदै र परिवारसँग रमाइलो गरिरहेकी थिएँ। पर्स मेरो खुट्टालाई छोइरहेको थियो’, उनले थपिन्।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका एक अधिकारीका अनुसार, नोएमसँग नगद राखिएको थियो किनभने उनको सम्पूर्ण परिवार सहरमा थियो। ‘उनले आफ्ना छोराछोरी र नातिनातिनाहरूलाई रात्रीभोज, गतिविधिहरू र इस्टर उपहारहरूको लागि खर्च गर्न नगद निकालेकी थिइन्’, अधिकारीले भने।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com