२, ४ र ७ वर्षका अमेरिकी बालबालिकालाई आमासहित देश निकाला, एक बालिका क्यान्सरबाट ग्रसित


प्रकाशित मिति : बैशाख १४, २०८२ आईतबार

तीन अमेरिकी नागरिक बालबालिकाहरू (दुई फरक परिवारका)लाई अमेरिकी इमिग्रेशन र कस्टम्स इन्फोर्समेन्ट (आइस)द्वारा उनकी आमासँगै देश निकाला गरिएको छ। तीमध्ये एक ४ वर्षीया बालिका, जसलाई स्टेज ४ को क्यान्सर छ । उनलाई औषधि वा डाक्टरसँग सम्पर्क गर्ने अवसरबिना होन्डुरस पठाइएको परिवारका वकिलले बताएका छन् । देश निकाला हुनेमा अर्का दुई बालिका मध्ये एक दुई वर्षीय र एक ७ वर्षका हुन् ।

वकिलहरूका अनुसार, दुवै परिवारलाई न्यू अर्लिन्समा नियमित जाँचको क्रममा हिरासतमा लिइएको थियो, जुन इन्टेन्सिभ सुपरभिजन एपियरन्स प्रोग्रामको हिस्सा हो। यो कार्यक्रमले आप्रवासन प्रक्रियामा रहँदा व्यक्तिहरूलाई समुदायमा बस्न अनुमति दिन्छ। तर, यी परिवारहरूलाई अलेक्जान्ड्रिया, लुइसियानामा लगिएको थियो, जहाँ उनीहरूलाई परिवार र वकिलहरूसँग सम्पर्क गर्न नदिई होन्डुरसको उडानमा राखियो।

यो घटनाले ट्रम्प प्रशासनको तीव्र देश निकाला नीतिले नागरिक र गैर-नागरिकको उचित प्रक्रियाको अधिकार उल्लंघन गरेको भन्दै चिन्ता बढाएको छ। लुइसियाना एसीएलयूका कार्यकारी निर्देशक एलानाह ओडम्सले भने, “अमेरिकी नागरिकलाई उचित प्रक्रियाबिना देश निकाला गर्नु स्पष्ट संवैधानिक उल्लंघन हो, विशेष गरी जब ती कमजोर बालबालिका हुन्, जसमध्ये कतिपय गम्भीर स्वास्थ्य समस्याबाट पीडित छन्।”

२ वर्षीया अमेरिकी बालिका भि.एम.एलको बाबुका वकिलहरूले उनको रिहाइको लागि आपतकालीन याचिका दायर गरेका थिए, तर उनलाई अदालत खुल्नुअघि नै होन्डुरस पठाइयो। अमेरिकी जिल्ला न्यायाधीश टेरी ए. डाउटीले यो कदम ‘गैरकानुनी र असंवैधानिक’ भएको बताउँदै मे १६ मा सुनुवाइ तोकेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कागजातविहीन आमाहरूले आफ्ना बच्चाहरूलाई होन्डुरस लैजाने निर्णय गरेको न्याय विभागले दाबी गरेको छ । तर, वकिल ग्रेसी विलिसले आइसले आमाहरूलाई वकिल वा परिवारसँग कुरा गर्न नदिएकोले यो निर्णय स्वतन्त्र थियो वा होइन भन्ने प्रमाणित गर्न नसकिने बताइन्।

यो घटनाले आइसद्वारा गलत रूपमा हिरासत र देश निकाला गरिएका अमेरिकी नागरिकहरूको संख्याबारे तथ्यांकको अभावमाथि पनि प्रश्न उठाएको छ। स्वतन्त्र अनुसन्धानहरूले सन् २००३ यता हजारौं नागरिकलाई आइएसले हिरासतमा लिएको वा देश निकाला गरेको देखाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com