रुस र युक्रेन सम्झौताको “धेरै नजिक” पुगेको ट्रम्पको भनाई


प्रकाशित मिति : बैशाख १२, २०८२ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन “सम्झौताको धेरै नजिक” पुगेको बताएका छन् ।

ट्रम्पका विशेष दूत स्टीव विटकोफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा वार्ता सम्पन्न भएको केही घण्टापछि ट्रम्पको यो टिप्पणी आएको हो।

ट्रम्पले वार्तालाई “राम्रो” भनेका छन् भने रुसले उक्त वार्तालाई “रचनात्मक” भन्दै प्रशंसा गरेको छ । युक्रेन भने यो वार्तामा सहभागी नभएकाले कुनै पनि प्रतिकृया दिएको छैन ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत “धेरैजसो मुख्य बुँदाहरूमा सहमति भइसकेको” उल्लेख गर्दै रुस र युक्रेनलाई “उच्चस्तरीय बैठक गर्न” र “सम्झौता टुंग्याउन” आग्रह गरेका छन्।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार राति भिडियो सन्देशमार्फत “निःशर्त युद्धविरामका लागि रुसमाथि वास्तविक दबाब आवश्यक” भएको बताएका छन्।

जेलेन्स्कीले “निःशर्त युद्धविरामको सहमति भएमा भूभागीय मुद्दाहरूमा छलफल गर्न सकिन्छ” भनेका छन ।

अमेरिकी प्रस्तावअनुसार युक्रेनले रुसद्वारा अधिग्रहण गरिएका केही भूभागहरू त्याग्नुपर्ने हुन सक्छ । ट्रम्पले रोममा पोप फ्रान्सिसको अन्त्येष्टिमा भाग लिन पुग्दा पत्रकारहरूसँग कुरा गर्दै भने, क्राइमिया रुसकै हुनेछ ।

तर जेलेन्स्कीले उक्त विचारलाई अस्वीकार गरेका छन्। २०१४ मा रुसले क्राइमिया अवैध रूपमा आफ्नो अधीनमा लिएको थियो ।

२०२२ मा पूर्ण युद्ध सुरु गरेपछि हालसम्म रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग कब्जा गरिसकेको छ। “रुस र अमेरिका बीचको मतभेद केवल युक्रेनमात्र होइन, अन्य अन्तर्राष्ट्रिय मुद्दामा पनि घटेको छ।”

पुटिनले पहिलोपटक जेलेन्स्की सँग वार्तामा इच्छुक रहेको संकेत दिएका छन्। युक्रेनी प्रस्ताव अनुसार ३० घण्टे इस्टर युद्धविरामलाई ३० दिनसम्म लम्ब्याउने प्रयास भइरहेको छ ।

ट्रम्प युक्रेनमाथि क्षेत्रीय सर्तहरू स्वीकार्न दबाब दिइरहेका छन्। क्राइमिया अहिले मुख्य विवादको विषय बनेको छ । जेलेन्स्कीले भने, “क्राइमिया युक्रेनी जनताको हो । यसबारे निर्णय गर्ने अधिकार जनतालाई मात्र छ।”

तर उनले “हामीसँग अहिले क्राइमियालाई फिर्ता ल्याउन आवश्यक पर्याप्त हतियार पनि नभएको बताए । युरोप र युक्रेनले भने युद्धविरामपछि मात्र भूभागीय मुद्दामा छलफल गर्ने प्रस्ताव राखेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com