चन्द्रमाबाट संकलन गरिएका ढुंगाहरू अध्ययन गर्न अमेरिकालाई दियो चीनले अनुमति


प्रकाशित मिति : बैशाख ११, २०८२ बिहीबार

चीनले चन्द्रमाबाट संकलन गरेका नमुनाहरू (ढुंगाहरू) वैज्ञानिक अध्ययनका लागि अमेरिकालगायत ६ देशका वैज्ञानिकहरूलाई दिने निर्णय गरेको छ । यो निर्णय दुई देशबीच व्यापारिक युद्धको तनावबीच आएको हो।

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले जानकारी दिँदै २०२० मा चाङ’ए–५ मिशनबाट संकलन गरिएका चन्द्रमाको नमुना अध्ययन गर्न दुई अमेरिकी संस्थालाई पनि अनुमति दिइएको हो । यी संस्थाहरूलाई नासा बाट सहयोग प्राप्त भएको बताइएको छ।

सिन्साका प्रमुख शान झोङडे ले यी नमुनाहरू सम्पूर्ण मानवजातिका लागि साझा सम्पत्ति भएको बताएका छन ।

चिनियाँ वैज्ञानिकहरूले नासाले संकलन गरेका चन्द्रमाका नमुनाहरूमा अध्ययन गर्न पाएका छैनन् । किनभने अमेरिकी कानुनले चीनसँगको वैज्ञानिक सहयोगमा प्रतिबन्ध लगाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०११ मा पारित अमेरिकी कानुनअनुसार नासालाई कुनै पनि चिनियाँ संस्था वा कम्पनीसँग सहकार्य गर्न निषेध गरिएको छ । अमेरिकी कांग्रेसबाट विशेष अनुमति प्राप्त भयो भने यो रोकावट हट्ने छ ।

तर, जर्ज वाशिंगटन विश्वविद्यालयको स्पेस पॉलिसी इन्स्टिच्युटका पूर्व निर्देशक जोन लोग्सडन ले यसपटक भएको चन्द्र नमुनाको आदानप्रदान राजनीतिकभन्दा बढी वैज्ञानिक सहकार्य भएको बताएका छन ।

चन्द्र नमुनाको अध्ययनमा कुनै सैन्य महत्व हुँदैन । यो सामान्य अन्तर्राष्ट्रिय वैज्ञानिक सहकार्य भएको उनको भनाइ छ ।

चीन र अमेरिकाबीच हाल व्यापारिक तनाव उच्च छ । अमेरिकाले चिनियाँ सामानमा २४५ प्रतिशत सम्मको कर लगाएको छ । चीनले जवाफमा अमेरिकी सामानमा १२५ प्रतिशत सम्मको कर लगाएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्ध अन्त्य हुने संकेत दिएका थिए । तर चीनले दुबै देशबीच वार्ता नभएको स्पष्ट पारेको थियो । २०२३ मा सिन्साले चाङ’ए–५ मिशनका चन्द्र नमुनाहरू अध्ययन गर्न वैज्ञानिक संस्थाहरूबाट आवेदन मागेको थियो ।

पछिल्लो वर्ष अमेरिकी र चिनियाँ अन्तरिक्ष अधिकारीहरूबीच चन्द्र नमुनाहरू आदानप्रदानको विषयमा छलफल भएको थियो । तर त्यो सहमति सफल भएको देखिँदैन ।

चीनले अनुमति दिएको देशहरूमा अमेरिकाको ब्राउन युनिभर्सिटी र स्टोनी ब्रुक युनिभर्सिटी को साथसाथै फ्रान्स, जर्मनी, जापान, पाकिस्तान र बेलायतका संस्थाहरू पनि छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com