अमेरिकी रक्षामन्त्री हेगसेथलाई बर्खास्त गर्न डेमोक्रेट्सको माग


प्रकाशित मिति : बैशाख ७, २०८२ आईतबार

अमेरिकामा रक्षा मन्त्री पीट हेगसेथको सिग्नल च्याटमार्फत गोप्य सैनिक जानकारी लीक भएको आरोप लागेपछि पेन्टागनले छानबिन सुरु गरेको छ ।

रक्षा मन्त्री हेगसेथले यमनमा हुथी विद्रोहीमाथिको हवाई आक्रमणको योजनासम्बन्धी जानकारीहरू पत्नी र दाजु सहितको सिग्नल च्याट समूहमा सेयर गरेको खुलासा भएको हो ।

उक्त घटनाले ट्रम्प प्रशासनभित्रको गोपनीयता उल्लंघन र सुरक्षाको गम्भीर प्रश्न उठाएको छ । डिफेन्स टिम ह्याण्डल नामक सिग्नल च्याटमा कुल १३ जना सहभागी थिए ।

जसमा हेगसेथकी श्रीमती जेनिफर र उनका दाजु फिल हेगसेथ थिए । फिल हाल पेन्टागनमा वरिष्ठ सल्लाहकारको रूपमा कार्यरत छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिग्नल एप एक सार्वजनिक रूपमा उपलब्ध सञ्चार माध्यम हो । संवेदनशील वा वर्गीकृत राष्ट्रिय सुरक्षासम्बन्धी जानकारी आदानप्रदान गर्न यसमा स्वीकृत छैन ।
व्हाइट हाउसले ‘असन्तुष्ट पूर्व कर्मचारीहरूले फैलाएको झुटो प्रचार’ भन्दै यो प्रकरणलाई खारेज गरेको छ ।

उपप्रवक्ता अन्ना केलीले गोप्य जानकारी सेयर भएको कुनै प्रमाण नभएको बताइन । द एटलान्टिकले पहिलो सिग्नल च्याटका विवरणहरू सार्वजनिक गरेको थियो ।

जसमा इरान समर्थित हुथी विद्रोहीमाथिको आक्रमणका लागि प्रयोग हुने हतियार प्रणाली र आक्रमणको समयतालिका समेत उल्लेख गरिएको थियो।

पहिलो च्याट राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज द्वारा सुरु गरिएको थियो । जसमा केही मन्त्रीहरूसमेत सहभागी थिए । पत्रकार जेफ्री गोल्डबर्गलाई च्याटमा समावेश गरिएपछि यो प्रकरण बाहिर आएको थियो ।

द टाइम्सका अनुसार दोस्रो च्याटमा पनि त्यही हवाई आक्रमण सुरु गर्ने समय तालिका थियो । धेरै पूर्व र वर्तमान अधिकारीहरूका अनुसार यस्तो जानकारी पूर्वप्रकाशनमा सेयर गर्नु स्पष्ट रूपमा वर्गीकृत हुने र यसले अमेरिकी पाइलटहरूको जीवन खतरामा पार्न सक्ने बताइएको छ ।

ट्रम्प क्याबिनेट सदस्यहरूसँगको सिग्नल च्याटमा समन्वयकर्ता भूमिका खेलेका सेनाका वरिष्ठ सल्लाहकार ड्यान काल्डवेल छानबिनका क्रममा पदबाट हटाइएका छन् ।

साथै हेगसेथको सहायक डेपुटी डेरिन सेल्निक र उप रक्षा मन्त्री स्टेफन फेइनबर्गका प्रमुख स्टाफ कोलिन क्यारोल पनि हटाइएका छन् । यी तिनैले शनिबार एक्स मा संयुक्त वक्तव्य जारी गर्दै आफूहरुमाथि के छानबिन भइरहेको हो , त्यो अहिलेसम्म नबताइएको भनेका छन ।

सेनाका सशस्त्र सेवा समितिका सदस्यहरू, रिपब्लिकन अध्यक्ष रोजर विकर र डेमोक्र्याट ज्याक रीड दुवैले रक्षा मन्त्रालयका कार्यवाहक निरीक्षक सँग छानबिनको माग गरेका छन्।

ज्याक रीडले “हेगसेथले यदि वर्गीकृत जानकारी पठाएका हुन् भने त्यसको तत्काल व्याख्या गर्नुपर्छ, किनभने यसले अमेरिकी सेनाका सदस्यहरूको जीवन जोखिममा पार्न सक्छ” भनेका छन ।

डेमोक्र्याटिक सिनेट नेता चक शुमरले रक्षामन्त्री हेगसेथलाई तुरुन्त बर्खास्त गर्नुपर्ने माग गरेका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com