‘इस्टर युद्धविराम’ समाप्त, अमेरिकाले भन्यो : ‘लामो समय पर्खने छैनौ’


प्रकाशित मिति : बैशाख ७, २०८२ आईतबार

Russian President Vladimir Putin attends an annual extended meeting of the Russian Interior Ministry Board in Moscow, Russia, Wednesday, March 5, 2025. (Artyom Geodakyan, Sputnik, Kremlin Pool Photo via AP)

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा शनिबार घोषणा गरिएको ३० घण्टे ‘इस्टर युद्धविराम’ समाप्त भएको छ । तर, युक्रेन र रुसले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आइतबारदेखि सुरु भएको युद्धविराम अवधिमा रुसले करिब ३ हजार पटक उल्लंघन गरेको दाबी गरेका छन् ।

रुसको रक्षा मन्त्रालयले भने युक्रेनी आक्रमणलाई रोकिएको जनाएको छ । युक्रेनले सयौं ड्रोन र गोला प्रहार गरेको आरोप लगाएको छ । दुवै पक्षका दाबीहरू स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यको लागि प्रयासरत रहँदै आएको बताएका छन् । यो हप्ता युक्रेन र रुसबीच सम्झौता हुने ट्रम्पले अपेक्षा गरेका छन । यद्यपि उनले थप विवरण भने दिएका छैनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुसले २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको थियो । अहिलेसम्म रुसले क्रिमिया सहित लगभग २० प्रतिशत युक्रेनी भूभाग आफनो नियन्त्रणमा लिएको छ । रुसले सन २०१४ मा रुसले क्रिमिया कब्जा गरेको थियो ।

गत महिना रुसले एकपक्षीय युद्धविराम प्रस्ताव गर्ने क्रममा लामो सर्तहरूको सूची प्रस्तुत गरेको थियो । अमेरिका र युक्रेनले पूर्ण र बिना सर्त युद्धविरामको प्रस्ताव गरेका छन ।

शनिबार साँझ ६ बजेदेखि आइतबार मध्यरातसम्म सबै सैन्य कारबाही रोक्न पुटिनले सेनालाई आदेश दिएका थिए । युक्रेनले पनि यस अवधिमा युद्धविराम पालना गर्ने बताएको थियो ।

तर आइतबार बेलुकी राष्ट्रपति जेलेन्स्कीले जनरल ओलेक्सान्दर सिरस्कीको रिपोर्टलाई उद्धृत गर्दै रुसले १ हजार ८८२ पटक गोलाबारी गरेको बताएका छन् । जसमा ८१२ पटक भारी हतियार समेत प्रयोग गरिएको थियो।

डोनेट्स्क क्षेत्रमा रहेको रणनीतिक सहर पोख्रोभ्स्क नजिकको क्षेत्रमा सबैभन्दा बढी आक्रमण भएको उनले बताएका छन्। राष्ट्रपति जेलेन्स्कीले पुटिनको युद्धविराम घोषणा प्रचारवाजी मात्रै भएको आरोप लगाएका छन ।

रुसको रक्षा मन्त्रालयले भने आफ्नो सेनाले युद्धविरामको कडाईका साथ पालना गरेको दाबी गरेको छ ।

यसैबीच, रुसकी विदेश मन्त्रालयकी प्रवक्ता मारिया झाखारोभाले युद्धविरामको समयमा युक्रेनले अमेरिका–द्वारा आपूर्ति गरिएका हाइमार्स मिसाइल प्रयोग गरेको आरोप लगाइन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनले युद्धविराम लम्ब्याउने कुनै आदेश नदिएको पुष्टि गरेका छन ।

अमेरिकाले हालै रुस–युक्रेन शान्ति वार्तामा थप संलग्न हुने चेतावनीपछि आश्चर्यजनक युद्धविरामको घोषणा आएको थियो । ट्रम्पले यदि तत्काल सहमति नभएमा ूवार्ता प्रयास छाड्नेू चेतावनी दिएका थिए।

बेलायतले उक्त युद्धविरामलाई ‘एक दिने नाटक’ भन्दै निन्दा गरेको छ। विदेश मन्त्रालयले ‘पूर्वका नक्कली युद्धविरामहरूसँग मेल खाने’ भन्दै पुटिनको उद्देश्यमाथि शंका व्यक्त गरेको छ ।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अमेरिका लामो समयसम्म यस प्रयासमा अडिन नसक्ने भन्दै केही दिनभित्र वार्ता सफल हुने नहुने निर्धारण गर्नुपर्ने बताएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com