अमेरिकी आक्रमणमा परी यमनको इन्धन बन्दरगाहमा ७४ जनाको मृत्यु


प्रकाशित मिति : बैशाख ५, २०८२ शुक्रबार

YEMEN-SANAA-U.S.-AIRSTRIKES

अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शुक्रबार गरेको आक्रमणमा ७४ जनाको मृत्यु भएको हुथी समूह निकट अल मसिराह टिभीले जनाएको छ। आक्रमणमा १२५ जना घाइते भएका छन्।

रास इसा इन्धन बन्दरगाहमा भएको यो आक्रमणले बन्दरगाह ध्वस्त भएको र इरान समर्थित हुथी विद्रोहीको आपूर्ति तथा कोषको स्रोत बन्द गर्ने उद्देश्य राखेको अमेरिकी सेनाले बताएको छ। ले पुष्टि गरेका छन्।

“आक्रमणमा पाँच प्यारामेडिक्ससहित कम्तीमा ५० जना कामदार र कर्मचारी घाइते भएका छन्,” हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अलासबाहीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्- “केही मृत शरीरका अंगहरूको पहिचान हुन बाँकी छ, र मृतकको सङ्ख्या अझै बढ्न सक्छ।”

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले विज्ञप्तिमार्फत यो आक्रमणले हुथीको अवैध राजस्वको स्रोत समाप्त पार्ने र उनीहरूको आर्थिक शक्ति कमजोर बनाउने लक्ष्य राखेको जनाएको छ। “हुथीले यमनी नागरिकलाई ठूलो पीडा दिइरहेका छन् र उनीहरूको शोषण जारी राखेका छन्,” विज्ञप्तिमा भनिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वासिङ्टनले रेड सी र एडेनको खाडीमा असैन्य तथा सैन्य जहाजमाथिको आक्रमण रोक्न मार्च १५ देखि हुथीविरुद्ध दैनिक हवाई आक्रमण गर्दै आएको छ। हुथीले सन् २०२३ को अन्त्यतिर गाजामा प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउँदै जहाजमाथि आक्रमण सुरु गरेका थिए। शुक्रबार इजरायली सेनाले यमनबाट आउँदै गरेको क्षेप्यास्त्र रोकेको जनाएको छ।

वासिङ्टनले हुथीलाई विदेशी आतङ्कवादी सङ्गठन घोषणा गरे पनि अमेरिकी लगानीका जहाजले रास इसा बन्दरगाहमार्फत इन्धन आपूर्ति जारी राखेको सैन्य कमान्डले उल्लेख गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com