हनुमानढोकामा भित्र्याइँयो फूलपाती, (फोटो फिचर)


प्रकाशित मिति : आश्विन ११, २०७४ बुधबार

हिन्दु नेपालीहरुको सबैभन्दा ठूलो चाड बडा दशैंको सातौ दिन बुधबार गोरखाबाट ल्याइएको फूलपाती हनुमान ढोका दरबारमा भित्र्याइएको छ । गोर्खा दरबारको दशैं घरबाट ल्याईएको फूलपाती विधिपूर्वक बसन्तपुरको हनुमानढोकास्थित दशैं घरमा भित्र्याइएको हो ।

गोर्खाबाट ल्याइएको फूलपातीलाई हनुमानढोकाबाट हर्षबढाईँका साथ गएको लावालस्करद्वारा जमल पुगी बाजागाजासहित पाल्कीमा ल्याइएको फूलपाती दशैंघरमा पुर्याई भित्र्याइएको हो । दरबारिया प्रचलनअनुसार नै फूलपाती लिन जाने लावालस्करमा नेपाली सेनाको टोली गएको थियो ।

सैनिक व्याण्ड, शार्दुलजंग गुल्म, पञ्चैबाजा, सिंगारिएका कल्स्यौली, गुरुज्युको पल्टन, विभिन्न सांस्कृति झल्कने नाचगान टोली, गुठी संस्थानका पदाधिकारी, निजामती कर्मचारी, नेपाल प्रहरी सम्मिलित टोली फूलपाती भित्र्याउन पुगेको थियो ।


गोर्खा दशै घरबाट ल्याईएको फुलपातीलाई धादिङ्गको छत्रेदेउरालीबाट भने हनुमानढोका दरबार हेरचाह अड्डाबाट गएको टोलीले लिएर आउने गर्छन् । सो फूलपाती जमल ल्याइपुर्याएपछि लावालस्करसहित दशैंघर पुर्याउने दरबारिया प्रचलन नै हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।


केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानको बोट, हलेदो, माने, कचुर, अशोकका पात आदिका नयाँ पालुवाहरुलाई फूलपातीका रुपमा शुभसाइतको प्रतीक मानी दुर्गा भवानीको प्रतिमा राखिएको दशैं घरमा विधिपुर्वक भित्र्याउने धार्मिक प्रचलन रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com