साउदीमा अब महिलाले पनि गाडी चलाउन ‘पाउने’


प्रकाशित मिति : आश्विन ११, २०७४ बुधबार

लामो प्रतीक्षापछि साउदी अरेबियाका राजा सलमानले पहिलो पटक महिलालाई गाडी चलाउन दिने एउटा आदेश जारी गरेका छन्।

महिलाले पनि गाडी चलाउन पाउने नियम सन् २०१८ को जुन महिनादेखि लागू हुने त्यहाँको सरकारी समाचार संस्थाले जनाएको छ।

साउदी प्रेस एजेन्सीका अनुसार मन्त्रालयहरुले त्यससम्बन्धी ३० दिनभित्र प्रतिवेदन तयार पार्नेछन्।

महिलालाई पनि गाडी चलाउने अनुमति दिनुपर्ने माग गर्दै महिला तथा अधिकारवादी संस्थाहरुले लामो समयदेखि अभियान चलाउँदै आएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जरिवाना

विश्वमा साउदी अरेबिया एकमात्र मुलुक हो जहाँ महिलाले गाडी चलाउने अनुमति पाउँदैनन्।

विद्यमान कानून अनुसार त्यहाँ पुरुषले मात्रै सवारी चालक अनुमतिपत्र पाउने गर्छन्।

अनुमति

गाडी चलाउन नपाउने सरकारी नीतिको अवज्ञा गरेको आरोपमा केही महिलाहरुले जरिवाना तिर्नुका साथै जेल समेत जानुपरेको थियो।

गत हप्ता एकजना धर्मगुरुले महिलाहरुले गाडी चलाउन नसक्ने बताएपछि विवाद निम्तिएको थियो।

‘महत्त्वपूर्ण कदम’

संयुक्त राज्य अमेरिकाले महिलालाई पनि गाडी चलाउने दिने साउदी राजाको आदेश मानवअधिकारको दिशामा एउटा ‘महत्त्वपूर्ण कदम’ भएको प्रतिक्रिया दिएको छ।

गाडी चलाएकै कारण विगतमा जेल गएकी एकजना महिला अभियानकर्मी मनाल अल-शरिफले साउदी अरेबिया अब ‘फेरि पहिला जस्तो नहुने’ भन्दै ट्वीट गरेकी छन्।

अर्की अभियानकर्मी सहर नासिफले जेद्दाहमा बीबीसीलाई भनिन्, “म धेरै नै उत्साहित छु र खुशीले झुमिरहेकी छु।”

उनले अब आफूले कालो र पहेंलो रंगको कार किन्ने बताइन्।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com