खोकनामा सिकाली जात्राको रौनक (फोटो फिचर)


प्रकाशित मिति : आश्विन १०, २०७४ मंगलबार

खोकनाका नेवार समुदायलाई अहिले दशैँ होइन सिकाली जात्राकोे चटारो छ । यहाँका बासिन्दा सिकालीजात्रालाई मुख्य पर्वका रूपमा मनाउने गर्छन् ।

जात्रा घटस्थापनादेखि सुरु भई फूलपातीसम्म मनाइन्छ । खोकनामा मुख्य तस्गु, सलास्गु र जस्गु गरी ३ गुठी छन् । पहिलो दिन बिहान तगु र सला गुठीका ४ कुमार केटा उपवास बसी सिकाली देवीलाई विधिपूर्वक गोप्य पूजा गर्ने चलन छ । पूजाका क्रममा चौरमा मानिस, चराचुरुंगी र जीवजन्तु कोही बस्न नमिल्ने मान्यता छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी आश्विन शुक्ल तृतीयाका दिनमा तीनै गुठीबाट एक राँगा बस्तीको पश्चिमपट्टिको ढोकासी भन्ने ठाउँमा रहेको ‘चो फल्चा’ (पाटी) अगाडि बलि दिइन्छ । त्यसको प्रसाद बेलुका सिकाली देवीलाई चढाइन्छ । अन्त्यमा गुठियारहरूले प्रसाद ग्रहणपछि आ–आफ्नो गुठीमा ‘छोयला बू’ भनी उत्सव मनाउने गर्छन् ।

सोही राति तीनै गुठीमा तान्त्रिक विधिअनुसार वीरभद्र महाकाली स्थापना गरी भैरव जगाउने चलन रहेको छ। पञ्चमीको दिनमा आ–आफ्नो गुठीमा भैरव प्रतिस्थापना गरी प्रत्येक गुठीमा ‘क्व’ (घ्याम्पो) द्ययः (देवता) नवदुर्गाका रूपमा तयार गरिन्छ । त्यसपछि तीनै गुठीका नवदुर्गा तल्लो लाछीमा ल्याई एकै स्थानमा राखेर जात्रा गर्ने चलन रहेको छ ।


खोकनाको जात्राको मुख्य आर्कषणको रूपमा देवी नाचलाई लिइन्छ । षष्ठीका दिन सिकाली चौरमा बिहान ४६ देवगणसहित स्थानीयवासी सिकाली चौरमा हुने अश्वमेध यज्ञमा सहभागी भएपछि सोही साँझ ४६ देवगण, वीरभद्र र महाकाली, भैरव र देवताको खट गाउँ परिक्रमा गराइने चलन रहेको छ । जात्राको अन्तिम दिन फूलपाटीमा देव देवी नाच गराइन्छ ।


खोकना बासीले टिका जमरा राख्ने नगरेको र जात्रालाई नै दशैँको रूपमा मान्ने गरेको स्थानीयले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com