दक्षिण सुडानका नागरिकलाई दिइएको भिसा रद्द गर्ने अमेरिकाको घोषणा
प्रकाशित मिति : चैत्र २३, २०८१ शनिबार
(FILES) Former US President and Republican presidential candidate Donald Trump greets Senator Marco Rubio, Republican of Florida, during a campaign rally at the J.S. Dorton Arena in Raleigh, North Carolina, on November 4, 2024. President-elect Trump is expected to name Rubio as secretary of state, The New York Times reported late on November 11, 2024. It quoted three people as saying that the decision is not final, but that Trump appears to have settled on Rubio, a loyalist whom Trump passed over as his vice presidential running mate. (Photo by Ryan M. Kelly / AFP)
अमेरिकाले दक्षिण सुडानका नागरिकलाई दिएको भिसा रद्द गरेको छ । विदेशमन्त्री मार्को रुबियोले दक्षिण सुडानका सम्पूर्ण पासपोर्ट धारकलाई जारी गरिएका भिसा तत्काल रद्ध गर्ने घोषणा गरिएको बताएका छन ।
दक्षिण सुडानले अमेरिकाबाट निकालिएका आफ्ना नागरिकलाई फर्काउन भने अस्वीकार गरेको छ । सुडानको अस्वीकृतिलाई त्यहाँको सरकारको असफलताको रुपमा अमेरिकाले अर्थाएको छ ।
रुबियोले अमेरिकाले दक्षिण सुडानका नागरिकहरूलाई अमेरिका प्रवेशमा रोक लगाउने बताए । राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिको एक आधारको रुपमा यो निर्णय भएको हुनसक्ने बताइएको छ ।
दक्षिण सुडानको संक्रमणकालीन सरकारलाई अमेरिकाबाट फाइदा उठाउन रोक्नु पर्ने रुबियोले भनेका छन । दक्षिण सुडानमा फेरि गृहयुद्धको आशंका बढिरहेको बेला अमेरिकाले यो निर्णय गरेको देखिएको छ ।
८ मार्चमा अमेरिकाले दक्षिण सुडानमा रहेका सबै गैर आपतकालिन कर्मचारीलाई बाहिर जान आदेश दिएको थियो ।
अमेरिकामा रहेका दक्षिण सुडानीलाई पहिले टीपीएस दिइएको थियो । दक्षिण सुडानका नागरिकहरूको टीपीएस ३ मे मा समाप्त हुन लागेको छ ।
दक्षिण सुडान विश्वको नयाँ राष्ट्र हो । २०११ मा सुडानबाट पृथक भएर यसले स्वतन्त्रता प्राप्त गरेको थियो ।
तर दुई वर्षपछि राष्ट्रपति साल्भा कीर र उपराष्ट्रपति रिक माचर बीचको विवादले गृहयुद्धको रूप लिएको थियो । गृहयुद्धका कारण अहिलेसम्म ४ लाख भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ ।
दक्षिण सुडानको केही भागमा जातीय र स्थानीय समूहहरू बीचको संघर्ष निरन्तर जारी छ ।






