अमेरिकी युद्धक विमान उत्तर कोरियाली सामुद्रिक सीमानामा


प्रकाशित मिति : आश्विन ९, २०७४ सोमबार

अमेरिकी बमवर्षक तथा युद्धक विमानलाई शक्ति प्रदर्शन गर्ने उद्देश्यले शनिबार उत्तर कोरियाली सामुद्रिक सीमानामा पर्ने आकासमा उडाइएको छ । बमवर्षक र युद्ध विमान अमेरिकी क्षेत्र गुआम र ओकिनावा जापानबाट उडेका बताइएको छ ।

तनावमा रहेको कोरियाली आकासमा अमेरिकी युद्धक विमानको आगमनले अमेरिका र उत्तर कोरियाबीचको तनावमा थप वृद्धि हुने देखिएको छ ।

अमेरिका र उत्तर कोरियाली नेताहरूबीच विगत केही दिनयता वाकयुद्ध चलिरहेका बेला अमेरिकी युद्धक विमान उत्तर कोरियाली सीमा क्षेत्रमा यति नजीकबाट उडेको यो पछिल्ला केही दशक यता पहिलो घटना भएको बताइएको छ ।

उत्तर कोरियाले विगत केही महिनायता गरेका निरन्तरका आणविक परीक्षणपछि अमेरिका लगायतका मुलुकहरूल कोरियाका यस्ता उत्तेजक क्रियाकलापलाई रोक्न भन्दै निरन्तर प्योङ्याङमाथि दवाव सिर्जना गरिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसै बिषयलाई लिएर केही दिन पहिले अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले कोरियामाथि आर्थिक प्रतिबन्धको घोषणा गरेको छ । उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने बिषयमा शुरुमा चीन र रसिया तयार नभएपनि हालै आएर उनीहरूले पनि प्योङ्याङको उत्तेजित गतिविधिलाई रोक्न प्रस्तावमा लचिलोबन्दै सहमति जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै केही दिनपहिले उत्तर कोरियाली गतिविधि यसरी नै अघिबढिरहे वाशिङ्टनले आफ्नो लागि मात्र नभई सबै सहयोगी देशको सुरक्षार्थ कुनै कसर बाँकी नराख्ने बताउनुभएको थियो । तर उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपतिको भनाइप्रति लक्षित गर्दै ‘कुकुर भुक्दै गर्छन्’ आफ्नो मुलुक क्षेप्यास्त्र कार्यक्रम नरोक्ने चेतावनी दिनुभएको थियो ।

यसैको प्रतिक्रियास्वरूप शुक्रबार फेरि नेता किम साँच्चै ‘पागल’ भएको र उनलाई आफ्ना जनता भोकमरीमा परेको वा मरेको कुरामा चिन्ता छैन भनी उनको यसअघि कहिल्यै नभएको परीक्षण हुने चेतावनी ट्रम्पले दिनुभएको थियो ।

राष्ट्रसंघमा विश्व समुदायले किम र कोरियाको हतियार मोहलाई आलोचना गरिरहेका समय शुक्रबार प्योङयाङले अर्को हाइड्रोजन बम परीक्षणको धम्की दियो भने अमेरिकाले आफ्ना बमवर्षक तथा युद्धक विमानलाई उत्तर कोरियाको तटीय क्षेत्रमा उडाएर शक्ति प्रदर्शन गरेको छ ।

राष्ट्रपति ट्रम्पको भनाईको जवाफ जस्तै लाग्ने भाषा प्रयोग गर्दै कोरियाली विदेशमन्त्री रिले ट्रम्पले आफूहरुको ’अपमान’ गरेको उल्लेख गर्नुभयो । “मानसिक विचलन भएका ट्रम्पले पछाडि फर्कनै नसक्ने किसिमको गल्ती गरेका कारण उत्तर कोरियाली रकेट अमेरिकी भूमिमा पुर्याउनु अपरिहार्य बनेको छ।” “ट्रम्पले उनको भाषणको महँगो मूल्य चुकाउनुपर्नेछ, रिले थप्नुभयो ।

केही समय पहिले ट्रम्पले आफू र आफ्ना समर्थक मुलुकहरुलाई खतरा पुर्याए उत्तर कोरिया पूर्ण रुपमा ध्वस्त बनाउने चेतावनी आफ्नो सम्बोधनका क्रममा बताउनुभएको थियो ।

रिले महासभालाई सम्बोधन गर्नु पहिले नै अमेरिकी सैन्यकेन्द्र पेन्टागनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यो शक्ति प्रदर्शन कुनै पनि खतरा परास्त गर्न राष्ट्रपति ट्रम्पसँग कैयौं सैन्य उपाय छन् भन्ने देखाउने लक्ष हो ।”

विज्ञप्तिमा भनिएको छ, “सैन्य शक्ति पूर्ण क्षमतामा प्रयोग गरेर अमेरिका र सहयोगीहरुको भूमि सुरक्षा गर्न हामी तयार छौं । यो शक्ति प्रदर्शन कुनै पनि खतरा परास्त गर्न राष्ट्रपति ट्रम्पसँग कैयौं सैन्य उपाय छन् भन्ने देखाउने लक्ष हो ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com