युनाइटेड हेल्थ केयरका प्रमुखको हत्यामा सम्लग्नका विरुद्ध मृत्युदण्डको सजाय मागियो


प्रकाशित मिति : चैत्र २०, २०८१ बुधबार

अमेरिकी अभियोजकहरूले युनाइटेड हेल्थ केयरका सीईओ ब्रायन थम्पसनको हत्या गरेको आरोप लागेका व्यक्ति विरुद्ध मृत्युदण्डको सजाय माग गरेका छन ।

लुइगी म्याङ्जियोनमाथि थम्पसनको गोली हानी हत्या गरेको आरोप रहेको छ । उनको गत डिसेम्बरमा न्यूयोर्कमा गोली हानेर हत्या गरिएको थियो ।

अटर्नी जनरल प्याम बन्डीले संघीय अभियोजकहरूलाई पूर्वनिर्धारित हत्याको आरोपमा मृत्युदण्डको माग गर्न निर्देशन दिएको बताएकी छन ।

ब्रायन थम्पसनलाई ४ डिसेम्बरमा न्यूयोर्कको एक होटेल बाहिर गोली हानी हत्या गरिएको थियो । प्रहरीले केही दिन पछि पेन्सिलभेनियाबाट म्याङ्जियोनलाई पक्राउ गरेको थियो।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

म्याङ्जियोनले आफू विरुद्ध राज्यले लगाएको आरोपलाई अस्वीकार गरेका छन ।

तर संघीय आरोपहरूको लागि अझै कुनै जवाफ उनले अहिलेसम्म दिएका छैनन । उनी अहिले न्यूयोर्कको एक कारागारमा अनुसन्धानका लागि राखिएका छन ।

बन्डीले थम्पसनको हत्या राजनीतिक हिंसाको कुकृत्य भएको भन्दै यसले वरिपरिका अन्य व्यक्तिहरूको मृत्युको गम्भीर जोखिम उत्पन्न गर्न सक्ने भएकाले मृत्युदण्ड आवश्यक रहेको बताइन ।

अनुसन्धानकर्ताहरूका अनुसार म्याङ्जियोनले ५० वर्षीय थम्पसनलाई अमेरिकी स्वास्थ्य बीमा कम्पनीहरूसँगको रिसको कारण मारेको हत्या गरेका थिए ।

म्याङ्जियोनलाई न्यूयोर्क राज्यमा ११ वटा आपराधिक आरोपहरु लगाइएको छ । पहिलो डिग्री हत्या र आतंकवाद अपराधको रूपमा हत्या भएको पनि ति ११ आरोपमा समावेश गरिएको छ ।

यदि सबै आरोपमा उनी दोषी ठहरिए भने उनलाई विना धरौटी जीवनभरको कारावासको सजाय हुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com