अमेरिकामा विस्कन्सिनको न्यायाधीशमा डेमोक्र्याट्स विजयी, ट्रम्पलाई धक्का


प्रकाशित मिति : चैत्र १९, २०८१ मंगलबार

Trump

अमेरिकाको विस्कन्सिनमा भएको चुनावमा डेमोक्र्याट्स उम्मेदवार न्यायाधीशमा निर्वाचित भएका छन । मतदाताहरूले राज्यको सर्वोच्च अदालतमा डेमोक्र्याट समर्थित न्यायधीशलाई निर्वाचित गरेका हुन ।

अमेरिकी इतिहासको सबैभन्दा महँगो न्यायिक चुनावको रूपमा यो चुनावलाई लिएको छ । डेमोक्रयाट्स समर्थित सुसन क्राफ़ोर्ड ले आफ्नो कन्जरभेटिव प्रतिद्वन्द्वी ब्र्याड शिमेललाई हराएकी हुन ।

यो निर्वाचनले मध्यपश्चिमी राज्यको सर्वोच्च अदालतमा ४ र ३ को लिबरल बहुमतलाई कायम राख्न सफल भएको छ ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका अर्बपति सल्लाहकार एलन मस्क यो चुनावमा प्रमुख दाता रहेका थिए । क्राफ़ोर्डका समर्थकहरूले मस्कको आलोचना गर्ने विज्ञापन प्रसारण गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उम्मेदवारहरू र उनीहरूको सहयोगीहरूले १०० मिलियन डलर भन्दा बढी खर्च गरेका देखिएको छ । जसमा मस्कको मात्रै २० मिलियन डलर खर्च भएको छ । तर पनि मस्कले खर्च अनुसारको परिणाम भने प्राप्त गर्न सकेनन ।

क्राफ़ोर्डले लगभग ५५ प्रतिशत र शिमेललाई ४५ प्रतिशत मत प्राप्त भएको छ । पछिल्लो नतिजाले ट्रम्पका लागि विस्कन्सिनमा झट्का दिन सक्ने संभावना देखिएको छ ।

राष्ट्रपति चुनावमा एक महत्वपूर्ण राज्यको रूपमा यो परिचित छ । यो राज्यमा ट्रम्पले १ प्रतिशत भन्दा कम मतले चुनाव जितेका थिए ।

विस्कन्सिनले मतदाताहरूलाई मतदान गर्नका लागि परिचय पत्र अनिवार्य गर्ने संवैधानिक संशोधनमा पनि मत दिइरहेको छ । क्राफ़ोर्डले यो संशोधनको विरोध गरेकी थिइन्।

विस्कन्सिनको सर्वोच्च अदालत ले आगामी दिनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने संभावना छ । गर्भपतन र कांग्रेसको सीमा निर्धारणको सम्बन्धी नियमहरूमा अदालतले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछ ।

२०२६ को मध्यावधि चुनाव र २०२८ को राष्ट्रपति चुनावको लागि महत्त्वपूर्ण निर्णयहरूमा यसको भूमिका अहम बनेर जानेछ ।

सोमवारको चुनाव प्रचारमा मस्कले १ मिलियन डलरका दुई चेक मतदातालाई वितरण गरेका थिए ।

जसले चुनावको नतिजामा ठूलो प्रभाव पार्न सक्ने आँकलन गरिएको थियो । तर आँकलन अनुसारको नतिजा भने प्राप्त हुन सकेन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com