कोर्नेल विश्वविद्यालयका विद्यार्थीले किन गरे अमेरिका छोड्ने घोषणा ?


प्रकाशित मिति : चैत्र १८, २०८१ सोमबार

Cornell University

अमेरिकाको कोर्नेल विश्वविद्यालयका एकजना विद्यार्थीले अमेरिका छोड्ने निर्णय गरेका छन ।

इजरायलविरुद्धका गतिविधिमा सम्लग्न भएको भन्दै उनको अमेरिकी भिसा रद्द गरिएपछि विश्वविद्यालयमा स्नातक गर्दै गरेका ती विद्यार्थीले अमेरिका छोड्ने निर्णय लिएका हुन ।

बेलायत र गाम्बियाको संयुक्त नागरिकता राखेका विद्यार्थी मोमोडौ ताललाई ट्रम्प प्रशासनले देश निकाला गर्ने तयारी गरेको थियो । विद्यार्थी तालले निर्वासनलाई रोक्नको लागि मुद्दा दायर गरेका थिए ।

निर्वासन रोक्न तालले गरेको अनुरोधलाई अदालतले अस्वीकार गरेपछि उनले स्वतन्त्र र गर्वका साथ अमेरिका छोड्ने निर्णय गरेको वताएका हुन । ट्रम्प प्रशासनले यस्ता निर्णयलाई स्वनिर्वासन भन्ने गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प प्रशासनले विश्वविद्यालय क्याम्पसहरूमा इजरायलविरुद्धका विरोधहरुमा सक्रिय रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूप्रति कडा कदम चालेको छ ।

अमेरिकी गृह सुरक्षा विभागबाट निशाना बनाइएका ताल दोस्रो अन्तर्राष्ट्रिय विद्यार्थी हुन् । जसले निर्वासनको लक्ष्य बनाइए पछि अमेरिका छोड्ने निर्णय गरेका छन् ।

ताललाई कोर्नेल विश्वविद्यालयबाट दुई पटक निलम्बित गरिएको थियो । यो विश्वविद्यालय न्यूयोर्कको आइभी लिग स्कूल हो ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार कम्तीमा ३०० विश्वविद्यालयका विद्यार्थीहरूलाई प्यालेस्टिनि समर्थक बनेर विरोधमा संलग्न भएकाले विद्यार्थी भिसा रद्ध गरिएको छ ।

ट्रम्पका अधिकारीहरूले आप्रवासन र नागरिकता ऐनले अमेरिकी विदेश नीति र राष्ट्रिय सुरक्षा चासोहरू विरुद्ध काम गर्ने गैरनागरिकहरूको निर्वासन गर्न अनुमति विदेशमन्त्रालयलाई अनुमति दिने बताएका छन ।

यो गिरफ्तारी ट्रम्प प्रशासकले निर्धारित गरेको कार्यकारी आदेशको हिस्सा हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com