गाजा खाली गराउने ट्रम्पको प्रस्ताव विरुद्ध लड्न हमासको आव्हान


प्रकाशित मिति : चैत्र १८, २०८१ सोमबार

Palestinians walk on a dirt road lined with building rubble in the Shujaiya neighbourhood of Gaza City on October 7, 2024, on the first anniversary of the ongoing war in the Gaza Strip between Israel and the Palestinian Hamas group. (Photo by Omar AL-QATTAA / AFP)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगाडी सारेको गाजा योजनाविरुद्ध लड्न प्यालेस्टाइन लडाकु समूह हमासले आह्वान गरेको छ ।

हमासका वरिष्ठ अधिकारीले विश्वभरका समर्थकलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना बिरुद्ध प्रतिरोध गर्न आव्हान गरेका हुन ।

ट्रम्पले २० लाखभन्दा बढी गाजावासीलाई इजिप्ट र जोर्डनजस्ता छिमेकी देशमा स्थानान्तरण गर्ने योजना प्रस्ताव गरेका छन ।

वरिष्ठ नेता सामी अबु जुहारीले विज्ञप्ति जारी गर्दै नरसंहार र भोकमरीको संयोजन गर्ने यो कुटिल योजनाको सामना गर्न आव्हान गरेका हुन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासका नेताहरूलाई गाजा छोड्न दिने प्रस्ताव गरेको एक दिनपछि अबु जुहरीले यो आह्वान गरेका हुन ।

तर गाजामा युद्धको अन्तिम चरणमा प्यालेस्टिनी लडाकू समूहलाई निःशस्त्रीकरण गर्न नेतन्याहूले माग गरे ।

नेतन्याहूले गाजावासीलाई अन्य देशमा विस्थापित गर्ने ट्रम्पको योजनाका लागि इजरायलले काम गरिरहेको समेत बताए ।

नेतन्याहूले युद्धपछि इजरायलले गाजामा समग्र सुरक्षा सुनिश्चित गर्ने उल्लेख गरे । उनले ट्रम्प योजनाको कार्यान्वयनलाई सक्षम बनाउने भन्दै यसलाई ‘स्वैच्छिक आप्रवासन योजना’ को संज्ञा दिए ।

गत जनवरीमा पदभार ग्रहण गरेको केही दिनपछि ट्रम्पले गाजाबाट गाजावासीलाई हटाउन प्रस्ताव गरेका थिए । तर अरब राष्ट्रहरूसहित विश्व समुदायबाट ट्रम्पको प्रस्तावको विरोध भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com