किन दिए मस्कले अमेरिकी मतदातालाई १ मिलियन डलरको चेक ?


प्रकाशित मिति : चैत्र १७, २०८१ आईतबार

अमेरिकी खर्वपति एलन मस्कले विस्कोनसिनका मतदाताहरूलाई १ मिलियन डलरको चेक वितरण गरेका छन् ।

राज्यको सुप्रीम कोर्टले हस्तक्षेप नगर्ने निर्णय गरेपछि उनले चेक हस्तान्तरण गरेका हुन । मस्कले यो पुरस्कार यसै हप्ता घोषणा गरेका थिए ।

विस्कोनसिनका एटर्नी जनरल र डेमोक्र्याट जोश कौलले यो चेक वितरण रोक्नको लागि मुद्दा दायर गरेका थिए ।

मस्कले राज्यको कानून उल्लङ्घन गर्दै मतको बदला उपहार दिइरहेका छन् । जुन राज्यमा मतको लागि उपहार दिने कुरा प्रतिबन्धित छ त्यही राज्यमा मस्कले कानून नमानिरहेको देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो चुनावले राज्यको सुप्रीम कोर्टलाई रिपब्लिकन पार्टीको पक्षमा परिवर्तन गर्न सक्ने सम्भावना छ । यो अमेरिकी इतिहासको सबैभन्दा महँगो न्यायिक चुनाव बन्न लागेको देखिएको छ ।

आइतबारराति र्यालीमा बोल्दै मस्कले न्यायधीशलाई न्यायाधीश बनाउने बताए । मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पले रूढीवादी उम्मेदवार, वौकेशा काउन्टीका न्यायाधीश ब्र्याड शिमेलको समर्थन गरेका छन् ।

उदारवादी झुकाव भएको अदालतलाई परिवर्तन गर्ने आशा उनीहरुले राखेका छन्। न्यायाधीश शिमेलले डेन काउन्टीकी न्यायाधीश सुजन क्राफर्डसँग प्रतिस्पर्धा गर्ने छन ।

उनलाई राज्यको सुप्रीम कोर्टका उदारवादी न्यायधीशहरूले समेत समर्थन गरेका छन् । यो चुनावले गर्भपतन अधिकार, कांग्रेसको पुनःसीमांकन, र मतदानका नियमहरू जस्ता महत्वपूर्ण मुद्दाहरूको विषयमा अदालतको निर्णयलाई प्रभाव पार्न सक्ने देखिन्छ ।

यसले २०२६ को मध्यावधि चुनावलाई पनि प्रभावित गर्न सक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com