अमेरिकासँगको परम्परागत सम्बन्ध समाप्त भएको क्यानडाको घोषणा


प्रकाशित मिति : चैत्र १४, २०८१ बिहीबार

क्यानाडाले अमेरिकासँगको परम्परागत सम्बन्ध समाप्त भएको घोषणा गरेको छ ।

प्रधानमन्त्री मार्क कार्नीले अर्थतन्त्रको गहिरो एकीकरण , कडा सुरक्षा र सैनिक सहकार्यमा आधारित अमेरिकासँगको पुरानो सम्बन्ध अब समाप्त भएको घोषणा गरेका हुन ।

क्याबिनेट बैठकपछि ओटावामा पत्रकारहरूसँग कुरा गर्दै कार्नीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको करहरुको सामना गर्न क्यानाडाले आफ्नो अर्थतन्त्रलाई आधारभूत रूपमा पुनसंरचना गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

क्यानाडाले अमेरिकी सामानहरूमा अधिकतम प्रभाव पर्ने प्रतिशोधात्मक करहरु लगाएर जवाफ दिने प्रधानमन्त्रीले बताए । ट्रम्पले बुधबार आयातित गाडी र गाडीका पार्ट्समा २५ प्रतिशत कर लगाउने लगाउने र यो घोषणा स्थायी हुने घोषणा गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लिबरल पार्टीका नेता समेत रहेका प्रधानमन्त्री कार्नीले १९६५ मा हस्ताक्षर गरिएको क्यानाडा अमेरिका अटोमोटिभ प्रोडक्ट्स सम्झौता क्यानाडाका लागि सबैभन्दा महत्त्वपूर्ण सम्झौता भएको बताएका थिए । तर करहरु बढाइएपछि यो सम्झौता पनि समाप्त भएको उनको भनाई छ ।

क्यानाडाले अमेरिकी ट्यारिफहरूका बाबजुत अटो उद्योगलाई कायम राख्न सक्ने संभावना कति बलियो छ भनेर विभिन्न अध्ययनहरु पनि भइरहेका छन । यसमा सरकार र व्यवसायीले अर्थतन्त्रलाई पुनसंरचना गर्न सके भने त्यो संभावना रहने विश्लेषकहरुले बताएका छन ।

क्यानाडाले आगामी दिनमा अमेरिकासँग बलियो व्यापारीक सम्बन्ध राख्न सक्ने कि सक्दैन भन्ने कुरा अझै स्पष्ट नभएको प्रधानमन्त्री कार्नीले बताएका छन ।

अमेरिकाले पहिले नै क्यानाडाली सामानहरूमा २५ प्रतिशत कर आंशिक रूपमा लागू गरिसकेको छ । सबै एल्यूमिनियम र स्टील आयातमा २५ प्रतिशत कर पनि लगाएको छ ।

क्यानाडाले अहिलेसम्म ४२ बिलियन डलरका अमेरिकी सामानहरूमा आयात कर लगाएर जवाफ दिएको छ । नयाँ गाडीमा करहरु २ अप्रिलबाट लागू हुनेछ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com