अमेरिकाले रुसका शर्तकोे प्रतिकार गर्नेमा जलेन्स्की आशावादी
प्रकाशित मिति : चैत्र १३, २०८१ बुधबार
Ukraine’s President Volodymyr Zelenskyy speaks during a interview with Bret Baier during a taping of FOX News Channel’s Special Report with Bret Baier in Washington, Friday, Feb. 28, 2025. (AP Photo/Jose Luis Magana)
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले राखेका शर्तलाई अमेरिकाले प्रतिकार गर्नेमा आशावादी रहेका बताएका छन ।
‘ब्ल्याक सी’ मा युद्धविरामका लागि रुसले आफु विरुद्ध लगाइएका प्रतिबन्ध हटाउनु पर्ने माग गरेको छ ।
रुसले मंगलबार घोषणा गरेको समुद्री युद्धविराम रुसको खाद्य र मल व्यापारमा लगाइएका पश्चिमी प्रतिबन्धहरू हटाएपछि मात्रै लागू गर्ने बताउदै आएको छ । समुद्री युद्धविरामले जहाजहरुको सुरक्षित आवागमन सुनिश्चित गर्नेछ ।
जेलेन्स्की फ्रान्सको पेरिसमा युरोपका विभिन्न पत्रकारहरूसँगको प्यानल अन्तर्वार्तामा बोलि रहँदा यो धारणा सार्वजनिक गरेका हुन ।
अमेरिकी सरकारले रुसको दबाबलाई प्रतिकार गर्ने जेलेन्स्कीले अपेक्षा गरेको बताएका छन । ह्वाइट हाउसले रुस र युक्रेनी प्रतिनिधिहरूले तीन दिनको अलग अलग वार्तापछि ‘ब्ल्याक सी’मा युद्धविरामको सहमति जनाएका बताएको छ ।
युद्धविराम गराउन वार्तामा अमेरिकी अधिकारीहरू साउदी अरेबियामा सहभागी भएका थिए। अमेरिकी घोषणाको केहि घण्टापछि रुसले आफ्नै विज्ञप्ति जारी गर्दै केही शर्तहरूका सूची सार्वजनिक गरेको थियो ।
कृषि व्यापारमा संलग्न वित्तीय संस्थाहरूको पश्चिमी प्रतिबन्ध हटाउन र तिनीहरूको अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा पहुँच पुनः बहाल गर्नुपर्ने शर्त समाबेस छन ।
अमेरिकी सरकारले रुसमाथिको प्रतिबन्ध हटाउने मागलाई परीक्षण गरिरहेको ट्रम्पले बताएका छन ।
तर युरोपेली संघले युक्रेनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त क्षेत्रबाट रुसका सेना बिना कुनै शर्त बाहिर्गमन हुदैनन त्यती बेला सम्म प्रतिबन्ध कायम रहने बताएको छ ।
जेलेन्स्कीले अमेरिकाबाट पाइरहेको समर्थनको लागि धेरै आभार व्यक्त गरेका छन । केही व्यक्तिहरू रुसका भनाईहरुका प्रभावमा पर्न सक्ने खतरा भने बाँकी रहेको जेलेन्स्कीले भनेका छन । उनले ट्रम्पसँग आफनो राम्रो सम्बन्ध रहेको बताए ।






