ट्रम्प-किम वाकयुद्ध ‘बच्चाहरुको झगडा जस्तै’


प्रकाशित मिति : आश्विन ७, २०७४ शनिबार

रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनबीचको वाकयुद्ध साना ‘बच्चाहरुको झगडा जस्तै’ भएको बताएका छन्।

यसअघि किमले ट्रम्पलाई ‘दिमागी हालत ठीक नभएको गुण्डा’ भनेका थिए।

ट्रम्पले उत्तर कोरियालाई ‘सिध्याइदिने’ चेतावनी दिएपछि किमले उनलाई त्यस्तो भनेका थिए।

कही दिनअघि ट्रम्पले किमलाई ‘एकजना पागल मानिस जसलाई अहिलेसम्म नगरिएको जाँच गरिनेछ’ भन्दै ट्वीट गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उत्तर कोरिया: ट्रम्पको भाषण ‘कुकुरको भुकाइ हो’

किम जोङ उनलाई भेट्न तयार छु: ट्रम्प

युद्ध अस्वीकार्य

ट्रम्प र किमबीचको वाकयुद्ध जारी रहेका बेला रुसी विदेशमन्त्री लाभ्रोभले ‘तनाव शान्त पार्न’ जरुरी रहेको बताएका छन्।

उनले भने, “हो, उत्तर कोरियाको पारमाणु अस्त्र विकासलाई चुपचाप हेरेर बस्न स्वीकार्य हुँदैन तर कोरियाली प्रायद्वीपमा युद्ध थाल्नु पनि अस्वीकार्य हुन्छ।”

लाभ्रोभले भनेका छन्, राजनीतिक प्रक्रियाबाट समस्याको समाधान खोज्नुपर्छ जुन संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‍को एउटा हिस्सा पनि हो।

के किम जङ-उनको हत्या गर्न खोजिएको हो?

झगडा

उनले भने, “चीनसँग मिलेर हामीले उचित समाधानका लागि प्रयास जारी राख्नेछौँ न कि भावुक भएर कसैले पनि रोक्न नसक्ने साना बच्चाहरुले जस्तो झगडा गर्न थाल्छौँ।”

राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकाले आफ्नो वा आफ्ना साझेदार मुलुकहरुको रक्षा गर्नुपर्ने अवस्था आए उत्तर कोरियालाई ‘पूर्णरुपमा ध्वस्त पारिदिने’ बताएपछि किम ट्रम्पविरुद्ध खनिएका हुन्।

‘आत्महत्या गर्ने अभियान’

किमप्रति व्यंग्य गर्दै ट्रम्पले भनेका थिए, “रकेट मान्छे आत्महत्या गर्ने अभियानमा छन्।”

त्यसपछि किमले ट्रम्पलाई ‘दिमागी हालत ठीक नभएको गुण्डा’ भन्दै उनको भनाईले आफूले उत्तर कोरियाका लागि अस्त्रको विकास गर्नु ठीक भएको पुष्टि गरेको प्रतिक्रिया दिए।

विरलै ठानिने व्यक्तिगत वक्तव्य दिंदै किमले आफ्नो भनाईका लागि ट्रम्पले ‘चर्को मूल्य चुकाउनुपर्ने’ चेतावनी दिए।

किम

विज्ञहरु भन्छन्, किमले पहिलो पटक अन्तर्राष्ट्रिय समुदायसामु प्रत्यक्ष सम्बोधन गरेका छन् र यसलाई गम्भीरतापूर्वक लिइनुपर्छ।

‘जटिल र गम्भीर’ विषय भएको भन्दै चीनले पनि दुवै पक्षलाई तनाव शान्त पार्न आग्रह गरेको छ।

अभुतपूर्त सफलता

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने, “सम्बद्ध सबै पक्षले एकअर्कालाई भड्काउनुको सट्टा संयम अपनाउन जरुरी छ।”

उत्तर कोरियाले यस वर्ष आफ्नो पारमाणविक कार्यक्रममा अनपेक्षित सफलता प्रदर्शन गरेको छ।

ट्रम्प

हालसालै ६ वटा पारमाणविक परीक्षण गरेको उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्रले बोक्न सक्ने पारमाणविक युद्धशीर्षको पनि विकास गरेको जनाएको छ।

केही समयअघि मात्रै उत्तर कोरियाली विदेशमन्त्रीले अमेरिकी राष्ट्रपतिको चेतावनीको बदलामा आफ्नो देशले प्रशान्त महासागरमा हाइड्रोजन बमको परीक्षण गर्न सक्ने चेतावनी दिएका थिए।

अमेरिकी राष्ट्रपतिले गत बिहीवार मात्रै उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्धहरु घोषणा गरेका थिए।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com