ट्रम्पलाई आलोचना गरिएका म्यासेज मोवाइलमा भेटिएपछि फ्रेन्च वैज्ञानिकलाई अमेरिका प्रवेशमा रोक


प्रकाशित मिति : चैत्र ६, २०८१ बुधबार

अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आलोचना गर्ने सन्देशहरू भेटिएपछि फ्रेन्च वैज्ञानिकलाई अमेरिका प्रवेशमा रोक लगाएको छ ।

फ्रान्सको अनुसन्धान मन्त्रीले ति वैज्ञानिक ह्यूस्टनमा आयोजना गरिएको सम्मेलनमा भाग लिन अमेरिका जान थालेका थिए ।

उनको फोनमा ट्रम्प प्रशासनको आलोचना गर्ने सन्देशहरू ( म्यासेज) भेटिएका थिए ।

फ्रान्सका उच्च शिक्षा र अनुसन्धान मन्त्री फिलिप बाप्टिस्टले फ्रान्सको राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्रका शोधकर्तालाई ९ मार्चमा ह्यूस्टन नजिकको सम्मेलनमा भाग लिन जाँदा अमेरिकाले प्रवेश नदिएको बताएका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी अधिकारीहरूले उनलाई प्रवेश नदिने निर्णय लिएका थिए ।

ट्रम्प प्रशासनको अनुसन्धान नीतिका बारेका व्यक्तिगत रायहरू सन्देशहरूमा व्यक्त गरेको कारण देखाएर अमेरिका प्रवेशमा रोक लगाएको देखिएको छ ।

विचारको स्वतन्त्रता, स्वतन्त्र अनुसन्धान, र शैक्षिक स्वतन्त्रता जस्ता मूल्यहरूलाई गर्वका साथ कायम राख्ने फ्रेन्च अधिकारीहरुले बताए ।

अमेरिकी अधिकारीहरूले फ्रेन्च शोधकर्तामाथि घृणित र षड्यन्त्रपूर्ण सन्देशहरू पठाएको आरोप लगाएका छन । उनलाई एफबिआइको अनुसन्धानको बारेमा सूचित गरिएको थियो ।

घटना पछि बाप्टिस्टले अमेरिकामा रहेका शोधकर्ताहरूसँग पत्र लेख्दै फ्रान्समा अमेरिकी शोधकर्ताहरूलाई स्वागत गर्ने प्रस्ताव गरेका थिए।

धेरै प्रसिद्ध शोधकर्ताहरूले अहिले अमेरिकामा आफ्नो भविष्यको बारेमा प्रश्न उठाएका उनले दावी गरेका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com