यूएसएआईडी बन्द गर्ने थप कदम नचाल्न ट्रम्प प्रशासनलाई संघीय न्यायाधीशको आदेश


प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार

अमेरिकी संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी यूएसएआईडी बन्द गर्ने थप कदम नचाल्न आदेश दिएका छन ।

न्यायाधीश थियोडोर चुआङले मंगलबार ट्रम्पका सहयोगी एलन मस्कको सरकारी दक्षता विभागले यूएसएआईडी एजेन्सी बन्द गर्नका लागि गरेको प्रयासले अमेरिकी संविधानकाका केही प्रावधानलाइ उल्लङ्घन गरेको बताएका हुन ।

चुआङले दिएको आदेशमा दक्षता विभागले यूएसएआईडी का कर्मचारीहरूको लागि कम्प्युटर र भुक्तानी प्रणालीहरूको पहुँच पुनःस्थापित गर्नुपर्छ भनिएको छ ।

न्यायाधीशले यूएसएआईडी का कर्मचारीहरूको बर्खास्तीमा रोक पनि लगाएका छन । तर यसअघि नै विदामा राखिएका कर्मचारीहरूको पुनःस्थापना गर्न न्यायाधीसले भनेका छैनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यूएसएआईडीका कर्मचारीहरूको पक्षमा दायर गरिएको मुद्दामा न्यायाधीशको यो आदेश आएको हो । कर्मचारीहरूका वकिलहरूले १३ फेब्रुअरीमा दायर गर्दै मस्कको शक्तिलाई अवैध भनेका थिए ।

ट्रम्पको दोस्रो कार्यकालको सुरुवातमा मस्कको नेतृत्वमा दक्षता विभागले कटौती गर्नको लागि लक्षित गरेको पहिलो एजेन्सीहरूमध्ये यूएसएआईडी एक हो ।

ट्रम्पले जनवरी महिनामा अमेरिकी विदेशी सहायता प्रणालीलाई ९० दिनको लागि रोक्न आदेश दिएका थिए । मस्क र दक्षता विभागलाई अदालतले केवल सल्लाहकारको मात्र हो भनेको छ ।

तर न्यायाधीश चुआङले भने कि मस्क र दक्षता विभागले ले यूएसएआईडीलाई नियन्त्रणमा राखेर अमेरिकाको संविधानका केहि प्रावधानको उल्लङ्घन गरेको बताएका हुन । अहिले यूएसएआईडीबाट सञ्चालिन ८० प्रतिशत कार्यक्रम रोकिएका छन ।

ट्रम्प प्रशासनले मंगलबारको निर्णयको आलोचना गरेको छ । दुराग्राही न्यायाधीशहरूले अमेरिकी जनताको इच्छाको विरुद्ध राष्ट्रपति ट्रम्पको एजेन्डा लागू गर्न रोक लगाउने प्रयास गरेको आरोप लगाएको छ ।

ह्वाइट हाउसकी प्रवक्ती एना केलीले उक्त निर्णयलाई न्यायको अन्याय भन्दै अपील गर्ने घोषणा गरेकी छिन ।

स्टेट डेमोक्रेसी डिफेन्डर्स फण्डका कार्यकारी अध्यक्ष नॉर्म आइसन, जसले यस निर्णयलाई मस्क र दक्षता विभागको कानूनी अतिक्रमणका बिरुद्धमा कोशे ढुङगा भनेका छन ।

कतिपयले अदालतको यो निर्णय ट्रम्प प्रशासनको लागि अर्को कानूनी पराजय हो भनेका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com