बङ्गलादेशद्वारा अमेरिकी गुप्तचर प्रमुखको आलोचना, साम्प्रदायिक तनाव भड्काउने टिप्पणी गरेको आरोप


प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार

बङ्गलादेशले अमेरिकी गुप्तचर प्रमुखको आलोचना गरेको छ । दक्षिण एशियाली देशमा धार्मिक हिंसासम्बन्धी आधारहीन र साम्प्रदायिक तनाव भड्काउने टिप्पणी गरेको भन्दै बंगलादेशले गुप्तचर प्रमुख तुलसी गबार्डको आलोचना गरेको हो ।

गबार्ड यस हप्ता भारतको कूटनीतिक भ्रमणका लागि आएका थिए । भारतसँग बङ्गलादेशको सम्बन्ध गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहले सरकारलाई अपदस्थ गरेपछि बिग्रिएको छ ।

भारतले आफ्नो मुस्लिम बहुल छिमेकीलाई आफ्ना अल्पसङ्ख्यक हिन्दू नागरिकहरूको पर्याप्त सुरक्षा गर्न असफल भएको बारम्बार आरोप लगाउदै आएकोछ ।

उक्त आरोपहरू अहिले सत्तामा रहेको अन्तरिम प्रशासनले अस्वीकार गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर गबार्डले टेलिभिजन अन्र्तवार्तामा बंगलादेशमा लामो समयदेखि धार्मिक अल्पसङ्ख्यकहरूको दुर्भाग्यपूर्ण उत्पीडन, हत्या र दुर्व्यवहार अमेरिकी सरकारका लागि चिन्ताको प्रमुख क्षेत्र बताएका थिए ।

उनले यो मुद्दा इस्लामवादी चरमपन्थसँगै ‘चिन्ताको केन्द्रविन्दु क्षेत्र बनेको र ट्रम्प प्रशासनले पहिले नै बङ्गलादेशी सरकारसँग यी मुद्दाहरू उठाएको बताएका थिए ।

बङ्गलादेशले जवाफ दिँदै गबार्डका टिप्पणीहरू देशको छवि र प्रतिष्ठामाका लागि ‘भ्रामक’ र ‘हानिकारक’ दुवै भएको बताएको छ ।

बङ्गलादेशको १७ करोड जनसङ्ख्याको करिब लगभग आठ प्रतिशत हिन्दूहरू छन् ।

अन्तरिम सरकारले भारतको सञ्चार माध्यम र सरकारलाई बङ्गलादेशी हिन्दूहरूलाई खतराहरू बढाएर देखाउने भ्रामक सूचनाहरू फैलाएको आरोप पनि लगाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com